‘लकडाउन छिट्टै अन्त्य हुँदैन, सीमामा अझ कडाइ हुन्छ’ : प्रधानमन्त्री ओली

२९ चैत्र २०७६, शनिबार १८:३७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिने बताएका छन्। उनले लकडाउन छिट्टै अन्त्य नहुने र सीमा नाकामा अझ अडाइ गरिने बताएका हुन्।

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट पारेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। भावुक कुरा गरेर लापरबाही गर्न कसैलाई छुट छैन’, प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भने।

सरकार प्रभावकारी र सफल रूपमा कोभिड–१९ रोकथामका केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन आग्रह गरे। उनले अहिलेसम्मका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताए।

कोरोना भाइरसको संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि प्रधानमन्त्री ओलीले आश्वस्त पारे।

Next Post

‘सुरक्षाकर्मीको तलब हाेइन, सांसदहरुको तलब कट्टा गराैं‘ : महासचिव शाही

२९ चैत्र २०७६, शनिबार १८:३७
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सा‌ंसदहरकाे तलब काेराेना काेषमा जम्मा गर्न जरुरी भएकाे बताएका छन् । नेता शाहीले संघ र प्रदेशका  प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री देखि सबै सांसदकाे एक वर्षको तलब कोरोना रोकथाम कोषमा जम्मा गर्नुपर्ने बताएका हुन्। कोरोना कोषमा जम्मा गर्न सुरक्षाकर्मीहरुको पारिश्रमिक […]