‘भष्ट्राचारी र बलात्कारी प्रमुख निशानामा’ : प्रकाण्ड

१८ मंसिर २०७५, मंगलवार १६:१३

कालिकोट- नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बलात्कारी र भ्रष्ट्राचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् । गृह जिल्ला कालिकोट पुगेका नेता विकले देशमा भष्ट्राचारले सिमा नागेकाले अब पार्टीले कार्वाहीको निशाना तयार गरेको सुनाए । सदरमुकाम मान्ममा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘अब त अति भो, गाउँमा आएको सिँह दरबारको नालीवेली बाहिर ल्याउछौं ।’ पार्टीका स्थायी कमिटि सदस्य समेत रहेका प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने समेत बताए ।

निर्मलाको घटनामा संलग्न अपराधीलाई सरकारले चार महिनासम्म संरक्षण गरेको उनले आरोप लगाए । उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए । निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ । निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने अपराधीलाई तह लगाउने दाबी गरे ।

शक्ति प्रर्दशनको तयारी

नेकपाको बुधबार जिल्ला सदरमुकाम मान्ममा आमसभालाई सम्वोधन गर्न प्रकाण्ड गृह जिल्ला पुगेका हुन् । जिल्लाका ९ वटै स्थानीय तहबाट सयौँ नेता कार्यकर्ताको सदरमुकाममा भिड लागेको छ । ५ हजारभन्दा धेरै कार्यकता,नेता र जनताको सहभागीता रहने नेकपाले जनाएको छ । आमसभाका लागि सामाना कलाकारको समेत सहभागीता रहेको छ । जिल्लाको सुरक्षा व्यवस्था प्रहरीले कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीको गुल्म कालिकोटले छुट्टा–छुट्टै हतियारसहितका गस्ती परिचालन गरेको छ ।स्थानीय प्रशासनले विप्लवको आमसभालाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

Next Post

रोनाल्डो र मेस्सीको वर्चस्व तोड्दै मोड्रिचले जिते

१८ मंसिर २०७५, मंगलवार १६:१३
काठमाडौं – क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशकदेखिको राज तोड्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ ओरको उपाधि जितेका छन्। यो अवार्ड पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए। यस वर्षको फिफा वर्ष खेलाडी समेत बनेका मोड्रिचले फाइनलमा पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र […]