२२ पुस, काठमाडौं । स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७१९ रहने गरी प्रतिवेदन तयार पारेको छ । र, प्रधानमन्त्री प्रचण्डलाई केहीबेरमा प्रतिवेदन बुझाउँदैछ ।
आयोग स्रोतका अनुसार महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । काठमाडौं, ललितपुर, चितवन र पोखरा महानगर बनाउन प्रस्ताव गरिएको छ ।
आयोगले महानगर प्रस्ताव गरेकामध्ये चितवनमा साविकको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने तथा कास्कीमा साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका जोडिनेछ ।
आयोगको सुझावअनुसार विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटहरी, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुर उपमहानगर बन्नेछन् ।
आयोगले पुस पहिलो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय दिएका थिएनन् । तर, मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गरेको छ । अनलाइन खवरबाट साभार