घरमै लडेर वडा सदस्यको मृत्यु

२२ आश्विन २०७४, आईतवार १८:०६

कालिकोट– जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–४ बाट विजय भएका एक वडा सदस्यमो मृत्यु भएको छ । दलित वडा सदस्यमा विजयी सुनामे दर्जीको शनिबार बेलुका आफ्नै घरको ढोकाबाट लडेर मृत्यु भएको शान्नी त्रिवीणी गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर शाहीले बताएका छन् ।

खाना खाएर घरमा शौच जान लागेका बेला खसेर दर्जीको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु भएका दर्जी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्यमा विजयी भएका थिए ।

Next Post

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

२२ आश्विन २०७४, आईतवार १८:०६
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो । गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको हो । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला […]