कालिकाेट- असार मसान्तको चटोरोमा साविकका गाविस सचिवले भुमिगत शैलीमा आर्थिक कारोबार गर्न थालेका छन् । उनिहरुले आफ्नो व्यक्तिगत भाडामा कोठो लिएर सेवाग्राहीको अनुहार छानीछनी कारोबार गर्न थालेका हुन् । जिल्लामा साविकका ३० वटा गाविस र ९ वटा इलाका थिए । हाल पुर्नंसरचना अनुसार ३ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । आजभोली गाविस सचिव गाउँमा पाईन्छन् न त सदरमकाुममा । उनिहरुलाई मोवाइल सम्पर्कमा भेट्न सकिन्छ । त्यही पनि निश्चित सर्तमा । जिल्ला सदरमकाममा असार महिनाको लागि भाडा वुझेर गाविसको नाममा लिए पनि गाविस सचिव कहाँ वस्छन् भन्ने अत्तापतो छैन् । जिल्लका ९ ववटै तहको असारे आर्थिक कारोबार भुमिगत शैलीमा भईरहेको पाइएको छ ।
गाउँबाट आएका सेवाग्राहीलाई गाविस सचिवले निकै दुःख दिने गरेका छन् । असार मसान्त सकिनै लाग्दा गाविस सचिवले सदरमुकाममा महंगा कोठा लिएर आफ्नो व्यक्तिगत कोठाबाटै बिल भर्पाइ मिलाइरहेका छन् । साविकको कोटवाडा गाविस सचिव कृष्णकेशर आचार्यले आफ्नो सुत्ने कोठाबाटै गाविसको कारोबार गरिरहेका छन् । आचार्यले कोठामै बोलाएर सेवाग्राहीलाई पैसाँको बार्गेनिङ्ग समेत गर्ने गरेको खुलेको छ ।
एक स्थानीयले भने, ‘काम गरिदिनु पर्यो सचिव ज्यु भन्दा खाली विल देउ अनि मात्र काम हुन्छ नत्र भने चान्स कम छ ।’ आजभोली गाविस सचिव होटेल, स्टेश्नरी पसलबाट खाली विल खरिद गरिरहेका छन् । कोटवाडाका सचिव आचार्यले एक दर्जन बढी विल संकलन गरिसकेका छन् । हाल नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए पनि कारोबार भने पुरनो सचिव र पुरानै शैलीमा भईरहेको छ । यसरी किन सुत्ने कोठामा कारोबार भएको हो ? भन्ने पत्रकारको प्रश्नमा सचिव आचार्यले पुराना कारोबार भएकाले कार्यकारी भन्दा पनि आफै मिलाउनु पर्ने सुनाए । अधिकांस जिल्लाका गाविस सचिवलाई सेवाग्राहीले भेटाउन हम्मेहम्मे हुन्छ ।
कर्णाली राेजगार बजेट सक्न डाेजर
आर्थिक वर्ष सकिन लाग्दा सडक, भवन निर्माण, पुलपुलेसा, खानेपानीलगायत योजनामा उपभोक्ता र सविा मिलेर लापरबाही भईरहेको छ । विकासे योजनामा गुणस्तरप्रति कसैलाई चासो छैन । राजनीतिक दलका केही प्रतिनिधिल साविकका गाविस सचिवलाई पकडमा राखेर विकासका नाममा बजेट पानीमा बगाएको स्थानीयको गुनासो छ । गाउँमा कर्णाली रोजगार कार्यक्रममा जनशक्ति प्रयोग गरेर काम गर्ने कार्यक्रमको नम्स भए पनि जिल्लाका केही याेजना डोजर लगाएर काम भएको छ ।
असार सकिन लाग्दा कसरी विकासे काम सञ्चालन गरिन्छ ? हेरौं न ।
जनशक्ति प्रयोग गर्ने सडक निर्माण गर्दा धमाधम एक्स्काभेटर चलाइँदै छ, सडक विस्तारका लागि । स्थानीय सुनमन बमले भने, ‘बजेट पाएपछि उपभोक्ता समिति मेसिन लगाएर थोरै दिनमा धेरै काम देखाउन लागिपरेको छन् ।’ सामान्यतया आयोजना सम्पन्न गरी असार २५ गतेभित्र फस्र्योट प्रक्रिया सक्नुपर्छ । थोरै दिन बाँकी रहँदा वर्षाको समयमा काम अघि बढाइँदै छ । जिल्लामा स्थलगत रिपोर्टिङ गर्दा बजेट सिध्याउन ‘असारे विकास’ आयोजना गुणस्तहीन तरिकाले पूरा गर्ने होड नै चलिरहेको छ । साविकका गाविसमा लक्षीत वर्गको बजेट गाविस सचिवले अर्कै शिर्षकमा विल मिलाएर खाने मेसोमा छन् ।
स्रोतका अनुसार उपभोक्ता समिति गठनमा समस्या आएपछि भागबन्डा गरिएको छ । जिल्लाको रास्कोट नगरपालि र सान्नी त्रिवेणी गाउँपालिकामा स्थानीय उपभोक्ता विच बजेट निल्ने नियतले भागबन्डा भएको हो । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा जिल्लामा बजेट सक्न भ्याइनभ्याइ छ ।
चालु आर्थिक वर्ष २०७३-०७४ मा साविकको जिल्ला विकास समिति र जिल्ला समन्वय समिति मार्फत सञ्चालित विकास निर्माणका योजनाहरुमा हालसम्म पचास प्रतिशत पनि बजेट खर्च नभएको देखिएको छ । सडक यातायात, पर्यटन पुर्वाधार विकास, कर्णाली रोजगार कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रम, साना सिचाई लगायतका विभिन्न पुर्वाधार विकासका कार्यक्रमहरुमा २० करोड रकम निकासा भए पनि हालसम्म यो बजेटको फछ्र्यौट हुन बाँकी नै छ । जिल्ला विकास समितिमा पनि प्राय खुलेर कारोबार भइरहेको छैन् ।


