घरभन्दा ठुलो ढुंगा खस्दा ३ बालबालिका पुरिए, ७ घाईते

१६ श्रावण २०७४, सोमबार १०:१४

कालिकाेट- घरभन्दा माथिबाट ठुलो ढुंगा खस्दा एकै घरका तिन बालवालिका पुरिएका छन् भने ७ जना घाइते भएका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा घरभन्दा ठुलो ढंगा खसेपछि तिन बालवालिका पुरिएका हुन् ।

आईतवार राति भीरबाट खसेको ढुंगा स्थानीय बुँदे सार्कीको घरमा खस्दा उनका २ छोरी र एक छोरा पुरिएका हुन् । ढुंगाले थिचिएका १३ वर्षीया ललिता, ९ वर्षीय लंक र ५ वर्षीया कल्पना ढुंगा भित्रै पुरिएका आफन्तले बताएका छन् ।

ढुंगाले च्याप्दा बुँदे सार्की उनकी श्रीमती बेलु सार्की र छिमेकी शर्मिला सार्कीसहित सात जना घाइते भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । गम्भीर घाइते बुँदे, बेलु र शर्मिलालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । ढुंगाले थिचिएका तीन बालबालिकाको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दलित वस्ती नै जोखिममा

ढुंगा खसेका दलित वस्ती नै उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष शाहीले बताएका छन् । उक्त जोखिममा रहेको वस्ती नै अन्यत्र सार्नुपर्ने अध्यक्ष शाहीले बताए । वस्ती सार्नका लागि जिल्ला प्रशासनसंग खबर गरिएको बताइएको छ ।

Next Post

कारागारका महिला कैदीलाई टेलिभिजन सहयोग

१६ श्रावण २०७४, सोमबार १०:१४
कलिकोट – जिल्ला कारागारमा रहेका महिला कैदीहरुलाई समाचार थाहा पाउँनका लागि टेलिभिजन सहयोग गरिएको छ । समय विताउन र समाचाारको जानकारी लिनका लागि सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेश बमले टिभी सहयोग गरेका हुन् । महिला कैदीले पत्रकारसँग टेलिभिजनका लागि सहयोगी निकायको माग गरेपछि वडाध्यक्ष बमसँग खवर […]