कालिकोट—दुई दशकपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा यहाँका नागरिकले उत्साह पुर्वक मतदान गरे । राजनीतिक दलमा पनि निकै रौनकता छायो । जिल्लामा रहेका ३ नगरपालिका र ६ वटा गाउँपालिका गरी ९ स्थानीय तहमा कसले कति जित्ला भनेर अड्कल बाजी भयो । अन्ततः मत परिणाम सार्वजनिक हुँदा माओवादी पहिलो एमाले दोस्रो र कांग्रेसले तेस्रो स्थान प्राप्त गर्यो । निर्वाचनको नतिजा सर्वाजनिक भईरहँदा तिनै दलका नेता कार्यकर्ता सन्तुष्टी छैनन् । माओवादीले २ नगरपालिका सहित ३ वटा गाउँपालिका जित्दा पनि सोचेजस्तो नभएको महशुस गरेको छ ।
एमालेले पनि जित्ने आकलन गरेको रास्कोट नगरपालिकामा पराजय खेप्नु पर्दा ठुलो धक्काको महशुस गरेको छ । कांग्रेसले आधार क्षेत्रको रुपमा लिएको नरहरीनाथमा एमालेले हराउँदा झनै निराश बनाएको छ । माओवदी केन्द्रले जिल्लाको सदरमुकाममा पर्ने खाडाँचक्रलाई प्रमुख निशाना बनाएर चुनावमा भिडे पनि एमालेले नै बाजी मारेपछि ठुलो अवसर गुमाएको भान गरेको छ । उता रास्कोटमा जितेको चुनाव हार खेप्न पर्यो भन्दै एमालेलाइ रुनु न हाँस्नु भएको छ ।
एमाले भित्रै नाताबाद र कृर्पाबाद भएकै काराण आफु पराजय भएको मेयरका उम्मेदवार मनिराज बरालले बताए । उनले भने, ‘संविधान सभा २०७० को निर्वाचनमा १२ सय मत ल्याएको रास्कोटमा अहिले ६ सय मत थप आएकाले संगठनको आधार बलियो थियो । तर पनि निर्वाचनको मत परिणाम सार्वजनिक हुँदा अन्तरघातले झिनो मतले एमाले पछि परेको हो ।’ एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले भने, ‘पार्टीबाट रास्कोटमा संस्थाग सहयोग राम्रो भएको हो । कुनै व्यक्तिले असहयोग गरेका हुन सक्छ । पार्टीको सदस्यता लिएर असहयोग गरेको प्रमाण भेटिए कार्वाही हुन्छ ।’ जिल्लाकै चर्चाको रुपमा लिएका खाँडाचक्र नगरपालिका,रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिका थिए । दलहरुले सोचेभन्दा फरक परिणाम आएको महशुस गरेका छन् ।
नेपाली कांग्रेस भातृय संगठन तरुण दलका महाचिव भन्छन् ‘ स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा मत परिणाम कम आएको महशुस भएको छैन । २०७० को संविधान सभाको मत परिणाम हेर्ने हो भने झन्डै ४ हजार मत बढी आएको हो ।’ साढे ८ हजार मत प्राप्त भएको चुनावमा अहिले १२ हजार बराबर जनताले मत दिएको शाहीले बताए । झिनो मतले धेरै तहमा पराजय भए पनि नागरिकको मत खेर नजाने उनले सुनाए ।
कहाँ कसको कति मत (कालिकोट)
खाँडाचक्र नगरपालिका
मेयर
जशीप्रसाद पाण्डे (एमाले) २२०५
लक्ष्मीप्रसाद चौलागाई (माओवादी)१४६१
उपमेयर
विजया विष्ट (एमाले) १९८७
गंगाकुमारी खड्का बोगटी (माओवादी) १४६४
तिलागुफा नगरपालिका
मेयर
रतनबहादुर शाही (माओवादी) १८५१
शंकर उपाध्याय (कांग्रेस) १६८४
उपमेयर
दर्शना नेपाली परियार (माओवादी) १८४३
लक्ष्मी शाही (कांग्रेस) १२६०
पचालझरना गाउँपालिका
प्रमुख
खडक सेजुवाल (माओवादी) १६२३
भानुभक्त सञ्ज्याल (कांग्रेस) ११८७
उपप्रमुख
तारा न्यौपाने (माओवादी) १५६८
दक्षिणा शाही (एमाले) १२४७
पलाता गाउँपालिका
प्रमुख
लक्ष्मण बम (माओवादी) १४२०
केशरसिंह बम (कांग्रेस) ११८३
उपप्रमुख
दाना न्यौपाने (माओवादी) १३७१
सुर्जकला रोकाया (कांग्रेस) १०७१
महावै गाउँपालिका
प्रमुख
नन्द सिंह (कांग्रेस) १३५५
सर्पराज सिंह (माओवादी) १२७६
उपप्रमुख
मनराज शाही (एमाले) १३२०
पद्मा शाही (माओवादी) ११३२
रास्कोट नगरपालिका
मेयर
काशीचन्द्र बराल (माओवादी) २११५
मनिराज बराल (एमाले) १८३०
उपमेयर
मिम्सरा बम शाही (माओवादी) २२३५
उमा शाही (एमाले) १८७२
सान्नी त्रिवेणी गाउँपालिका
प्रमुख
डम्बरबहादुर शाही (माओवादी) १७३३
गोरख केसी (कांग्रेस) १२४९
उपप्रमुख
होइजाली बुढा गिरी (माओवादी) १५४९
पार्वती सिंह सन्ज्याल (एमाले) १३६५
नरहरीनाथ गाउँपालिका
प्रमुख
धिरबहादुर बिष्ट (एमाल)े २४६०
मिनबहादुर बोगटी (कांग्रेस) २२२८
उपप्रमुख
मनशोभा बुढा (माओवादी) २२४९
शुसिला शाही (कांग्रेस) २२४४
कालिका गाउँपालिका
प्रमुख
खडानन्द चौलागाई (एमाले) २२७४
गोविन्द आचार्य (माओवादी) १५१२
उपप्रमुख
पम्फादेवि शाही (एमाले) १९८३
दिपेन्द्र शाही (नेमकिपा) १४०३