सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

मिसन न्यूज २६ भाद्र २०७८, शनिबार ११:५३

धनुषा – एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेको मध्येबाट २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ मदिरामै खर्चेको हो । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । तर विदेह नगरपालिकाले खर्च गरेको रकमको बिल पेस गरे पनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न सकेको छैन । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख बेचन दास तथा कर्मचारीले कुपन काटेको आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

नगरप्रमुख दासले एक वर्षमा स्थानीय होटल फुलवारीलाई १२ लाख ८२ हजार २१५ रुपैयाँ, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ रुपैयाँ र शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५ रुपैयाँ भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

सो नगरपालिकाले इन्धनमा दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३ सय ८९ रुपैयाँ खर्चेको छ । सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था रहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी नगर प्रमुख तथा कर्मचारीबाट कुपन काटी कतिपय कुपनमा गाडी नम्बर समेत उल्लेख नगरी मापदण्ड विपरीत सो रकम खर्च गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐनमा पदाधिकारीहरूको लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी कर्मचारी, नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा करारमा भर्ना गरी १३ लाख ९७ हजार ५८० रुपैयाँ खर्च गरेको पाइएको छ ।

विदेह नगरपालिकाले प्रेस सल्लाहकारको नाममा २०७६ साउनदेखि चैतसम्ममा मासिक ३० हजार रुपैयाँका दरले तलबबापत २ लाख ७० हजार रुपैयाँ र चाडपर्व खर्चबापत ३० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

Next Post

अविरल वर्षा र बाढी–पहिराले कर्णालीको जनजीवन कष्टकर, ८ जनाको मुत्यू

२६ भाद्र २०७८, शनिबार ११:५३
सुर्खेत- आइतबार बेलुकीदेखि अविरल परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्याालयका अनुसार अविरल वर्षातका कारण जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति भएको छ । पशु चौपाया र धानबालीमा समेत क्षति पुगेको छ । कर्णाली राजमार्ग पनि ६ ठाउँमा अवरूद्ध […]