प्रेस चौतारी र प्रेस सेन्टर संयोजन समिती गठन, संयोजकमा शाही

२५ कार्तिक २०७४, शनिबार १५:१७

पवित्रा जैशी-

कालिकोट— प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कालिकोट को संगठन एकता जिल्ला संयोजन समिति गठन भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त वैठकले संयोजन समिति गठन गरेको हो । दुई वटै संगठनका पदाधिकारीले संयोजन समितीको संयोजकमा प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष पवित्रकुमार शाहीलाई चयन गरेको छ । सह संयोजकमा प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष अर्जुनप्रसाद भट्टराई रहेका छन् ।

शनिवार चौतारीका अध्यक्ष शाहीको अध्यक्षतामा वसेको वैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीवहादुर मल्लले संयोजन समिती घोषणा गरेका थिए । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवम मन्त्री महेन्द्रवहादुर शाहीको प्रमुख आतिथ्यतामा वसेको संयुक्त वैठकले संयोजक र सह संयोजक गरी ९ सदस्ययी संयोजन समिती बनेको बताइएको छ ।

यस्तै वैठकले बाम गठवन्धनका तर्फवाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार विजयी गराउन रमेश रावल संयोजक र दिलिप शाही सह संयोजक रहेको चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । यस्तै प्रदेश (क) मा चौतारीका उपाध्यक्ष नन्दकृष्ण अधिकारीको संयोजक र प्रदेश (ख) मा प्रेस सेन्टरका रत्न कार्कीको संयोजकत्वमा प्रदेश क्षेत्र स्तरिय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।

वैठकमा प्रदेशसभा उममेदवारहरु महेन्द्रवहादुर शाही र कुर्मराज शाही, वाम गठवन्धन निर्वाचन परिचालन समितिका संयोजक नगिन्द्र शाही (नेशनल), माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन वुढाले आफ्नो धारण राखेका थिए । बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनजित शाही, एमाले उपाध्यक्ष रमेश शाही, माओवादी केन्द्रका नेता नेत्रराज शाही, एमाले सल्लाहाकार संयोजक चन्द्रवहादुर शाही लगायतका नेताकोे उपस्थिती रहेको थियो ।

 

Next Post

कालिकोटवासीले नेतालाई राखे एउटै सर्त पानी खान देऊ, भोट लैजाऊ

२५ कार्तिक २०७४, शनिबार १५:१७
रमेश रावल- कालिकोट : जिल्लाको पचालभरना गाउँपालिका ८ का तोलीभीर ठूलाचौरका स्थानीयवासीले आफूहरूलाई पानी दिनेलाई मात्र भोट दिने बताएका छन्। गाउँमा लामो समयदेखि खानेपानी व्यवस्था नभएका कारणले पानी दिनेलाई मात्र भोट दिने बताएका हुन्। गाउँमा कुनै राजनीतिक दलका उम्मेदवार मत माग्न नआएको तर, गाउँमा कोही पार्टीको उम्मेदवार भोट माग्न आएमा पहिलो […]

You May Like