काँक्रेविहारमा पर्यटकको भिड

१३ फाल्गुन २०७७, बिहीबार ११:३१

लिलाराज संज्याल सुर्खेत– विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीको प्रकोपले पर्यटकहरुको आगमन ठप्प बनेको काँक्रेविहारमा आजभोली भने पर्यटकको चहलपहल हुन थालेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मा रहेको काँक्रेविहार क्षेत्र राष्टिूय सम्पदाको सुचिमा रहेको छ । कोरोना संक्रमणको डर तिव्र वनेसंगै विभिन्न मठमन्दिरहरुमा पर्यटक आउनकालागि बन्द गरिएको थियो । विश्वमा कोरोनाको संक्रमण घटेपछि पर्यटनहरुको भिड लाग्ने गरेको स्थानीय पर्यटक धनबहादुर खत्रीले बताए ।

सुर्खेतको प्रसिद्ध पुराताप्तिक तथा ऐतिहासिक स्थल काँक्रेविहार जाने सडक जिल्लाकै सबैभन्दा बढी जीण भएका कारण यसमा जाने बाटो अझै व्यवस्थित भइदिए सहज हुने स्थानीय पर्यटक खत्रीले बताए । पर्यटन स्थलले भरीपुर्ण काक्रेविहार अझै संरचना बन्दै गरेको छ । लामो समयको कोरोना महामारी पछि काक्रेविहार स्थानीय पर्यटक आउने गरेको धादिङ्गका स्थानीय पर्यटक प्रेम रम्तेलले बताए । हेर्नकालागि रमाईलो र केहि महिना पछि पुजा गर्ने गरी निर्माण भइरहेको स्थानीय रम्लेलले बताए । प्रसिद्ध पुराताप्तिक तथा ऐतिहासिक स्थल काँक्रेविहारमा दैनिक सरदर ४ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । कोरोनाका कारण स्थगित भएको यो मन्दिरमा महिनाको ७० सय प्रर्यटक आउने गरेको टिकट काउन्टर समिती विश्नु कार्कीले बताए ।

दशै पछि खुलेको यो मन्दिर काक्रेविहारमा सरदर महिनाको ७२ हजार आम्दानी हुने गरेको बताए । यो मन्दिर अवको २ महिना पछि संरचना बनिसक्ने काउन्टर समिती विश्नु कार्कीको भनाई छ । राष्टिूय सम्पदाको सुचिमा रहेको प्रसिद्ध दोस्रो गौतम बुद्ध मानीयको काक्रेविहार अझै संरचना विस्तार भई रहेको छ । कोरोना पछि संरचना विस्तार तथा पर्यटकहरुको आगमन ठप्प भएता पनि दशै तिहारबाट संचालनमा आएको छ । सुर्खेत उपत्यकाको दृष्यावोलोकनको उपयुक्त स्थान वृक्षारोपण, चक्रपथ, वन्यजन्तु र पुरातात्विक वस्तुहरुले मोहोनी लगाएको छ । काँक्रेविहार आन्तरिक तथा बाह्य पर्यटकको लागि सुन्दरताले भरिएको स्थलको रुपमा लिने गरिएको छ । सुनेको काँक्रेविहार भन्दापनि देखेको काँक्रेविहारले पर्यटकलाई निकै खुसी बनाएको छ । काँक्रेविहारमा सहभागीलाई वनभोजको लागि पनि उपयुक्त ठाउँ छ । दृश्य अवलोकन गर्न यो प्रशिद्ध ठाउँमा पर्यटकको भिड लग्ने गरेको छ ।

Next Post

संसद् अधिवेशन फागुन २३ गतेको लागि राष्ट्रपतिद्वाराआह्वान

१३ फाल्गुन २०७७, बिहीबार ११:३१
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान […]