शुभकालिका अध्यक्षले ठाउँकाे-ठाउँ फिर्ता गरे प्रशाकीय अधिकृत

२० भाद्र २०७५, बुधबार १७:३५

कालिकोट-जिल्लाको शुभकालिका गाउँपालिकामा हाँजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई गाउँपालिका अध्यक्षले फिर्ता पठाएका छन्। कर्मचारी अभाव झेल्दै आएको गाउँपालिकामा पुगेका पाण्डेलाई २४ घण्टाभित्र सिंहदरबार फिर्ता पठाइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोमाकान्त पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुभकालिकामा पठाएको थियो। तर, गाउँपालिकामा पुगेका पाण्डेलाई गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई र निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले हाजिर हुन दिएनन्।

गाउँपालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतको विरुद्धमा गाउँपालिका उपाध्यक्ष लगायतका ६ जना वडाध्यक्षले प्रेस विज्ञप्तीमार्फत विरोध जनाएका छन्। गाउँपालिका अध्यक्ष र निमित्त  प्रमुख प्रशासकीय अधिकृतले दादागीरी शैलीमा कर्मचारीलाई २४ घण्टाभित्र फिर्ता पठाउनु भनेको गैहजिम्मेवार व्यबहार भएको उपाध्यक्ष पम्फादेवी शाहीले बताइन्।

बैंक खाता रोक्का

पाण्डेलाई फिर्ता गराएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुभकालिका गाउँपालिकाको बैंक खाता समेत बन्द गरेको छ। कानुन विपरित स्थानीय तहबाट आएका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकोभन्दै बैंक खाता बन्द गरिएको हो। हाल निमित्तको रुपमा काम गरिरहेको प्रवलजंग शाही तत्कालिन जिल्ला विकास समितिबाट काम गर्दै आएका कर्मचारी हुन्।

फिर्ता गरिएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डे
फिर्ता गरिएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डे

स्थानीय निकायबाट आएका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नदिने कानुनी व्यवस्था छ। लोकसेवा उत्तिर्ण गरेर निजामति कर्मचारीको रुपमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका पाण्डेलाई गाउँपालिका अध्यक्षले एक दिन पनि बस्न नदिएको जनप्रतिनिधिकै गुनासो छ। फिर्ता पठाएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेले भने, ‘मन्त्रालको सिफारिस अनुसार दुर्गम जिल्लामा आउन पाउँदा खुसीनै थिए। तर, अध्यक्षले हाँजिर लगाउन दिनुभएन।

मलाई तत्काल फिर्ता गराउनु भयो। उहाँको इच्छा विपरित काम गर्न सकिन अनि सिंहदरावारमै फिर्ता आए।’ उनले भने, ‘मन्त्रालय पुगेर पनि पुनः दुर्गम जिल्ला हुम्लाको अदानचुली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको छु। सामान्य प्रशासन मन्त्रलायका सहसचिव ज्युले हुम्ला पठाउनु भयो। दुर्गममा कर्म थलो बनाउने इच्छच पुरा भएको छ।’ गाउँपालिकामा वडा सचिवको आवश्यक भइरहेका बेला प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले पठाएपछि आफुले फिर्ता पठाएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए।

निमित्तको रुपमा प्रवलजंग शाहीलाई नै काम गराउने उनले बताए। हाल तीन जना कर्मचारीको भरमा गाउँपालिका संचालन भईरेको बताइएको छ। गाउँपालिका अध्यक्ष तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित भएका हुन्। अर्का निमित्त प्रमुख प्रशाकीय अधिकृत पनि एमाले निकट संगठनका कर्मचारी हुन्।

Next Post

2075-05-20

२० भाद्र २०७५, बुधबार १७:३५
[3d-flip-book id=”3012″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]