प्रहरीको गाडी दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

९ जेष्ठ २०७४, मंगलवार १२:३८

सुर्खेत, । कालिकोटबाट सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । दुर्घटनामा २५ जना प्रहरी घाइते भएका छन् ।

वीरेन्द्रनगर-१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) मंगलबार विहान दुर्घटना हुँदा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु भएको हो ।

जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको अस्थाई ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए । जीप अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको गाडी कालिकोटमा स्थानीय तहको चुनाव सकेर सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालयको गाडी हो । अनलाइन खवरबाट

Next Post

नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी

९ जेष्ठ २०७४, मंगलवार १२:३८
कालिकाेट:नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । बिष्टले २४६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मिनबहादुर बोगट्टीलाई २३२ मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार बोगट्टीले २२२८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका […]