कालिकोट – कर्णाली करिडोर अन्तर्गतको लालिघाटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने यस्तै २ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर करिडोरको लालिघाट नजिकै कर्णाली नदीमा खसेको थियो ।
जिल्ला प्रहरि कार्यालय कालिकोटका अनुसार, ३९ जना यात्रु बोकेर रास्कोटतर्फ जाँदै गरेको टिप्पर दुर्घटना भएको थियो । दुर्घटनामा पछि नदीमा बगेका ३५ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका ३५ जना मध्ये ८ जना घाइते रहेको प्रहरि प्रमुख श्यामबावु वलियाले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रास्कोट नगरपालीका २ कि २३ वर्षिय शर्मिला सार्की, २१ वर्षिय ठम्मि सार्कि रहेका छन् । दुर्घटनामा घाईते हुनेहरुमा राष्कोट नगरपालिका २ का अनिता सार्कि, गोविन्द सार्कि, कमला सार्कि, निल सार्कि, विवेक चौधरी, देवराज सार्कि, अनिता सार्कि, मिन सार्कि र गोपाल सार्कि रहेका छन् ।
सामान्य घाइतेको उपचार जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ, भने गम्भिर घाइते दुई जनालाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ लगिएको छ । वेपत्ताहरुको खोजि कार्यका लागी कालिकोट जिल्लास्थित नेपाली सेना,जिल्ला प्रहरी लगायतका अन्य निकाय लागी परेका छन् ।