सुर्खेत – कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ । कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा र दैलेखका १/१ जना रहेका छन् । जनामा कोरोना पोजेटिभ देखिएको छ प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको सूचना अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।
त्यस्तै, बाजुरा जगन्नाथ गाउँपालिका-५ का १ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, आज दैलेखककाे एक क्वारेन्टाइनमा मृत्यु भएका युवकको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । नयाँ १९ र पुराना ६० जनासहित संक्रमितकाे संख्या कर्णालीमा ७९ पुगेकाे छ । कर्णालीका १० जिल्ला मध्य सुर्खेत , दैलेख र कालिकाेटमा काेराेनाकाे संक्रमण भेटिएका छन् ।