२६ वर्ष विद्यालयको अध्यक्ष भएपछि शाही बने वडाअध्यक्ष

२० जेष्ठ २०७४, शनिबार १५:०८

कालिकोट : दैलेख आठविस नगरपालिका–६ का धीरबहादुर शाही स्थानीय कालिका माध्यामिक विद्यालयमा २६ बर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष भए। राजनीतिसँगै समाजसेवामा लागेका शाही स्थानीय निकाय निर्वाचन नहुँदा २६ बर्षसम्म विद्यालयको अध्यक्ष भएर बसे। गत बैशाख ३१ गते भएको निर्वाचनमा उनले वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बने र वडा अध्यक्षमा बिजयी भए।

युवा पुस्तालाई धैर्य गर्न आग्रह गर्दै शाहीले ६३ बर्षको उमेरमा नगरपालिकाको वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए। २०४३ सालमा निजी स्रोतबाट सञ्चालन भएको कालिका माध्यमिक विद्यालयमा हाल प्लस टुसम्म पढाइ हुने गरेको छ। विद्यालय २०४५ मा प्रावि स्वीकृत भयो। २०५७ मा निमावि र २०६३ मा मावि बन्न पुग्यो। २०६७ मा जिल्लाकै नमुना उमावि भयो।

विद्यालयमा उनले गरेको योगदानलाई मुल्याङ्कन गर्दै २०६८ मा जिल्लाकै उत्कृष्ट विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भए। नेपाल सरकार शिक्षा मन्त्रालय मार्फात जिल्ला शिक्षा दैलेखले व्यवस्थापनमा उनलाई उत्कृष्ट काम गरेको भन्दै सम्मानका साथ पुरष्कृत गर्‍यो। राजनीतिक गतिविधिभन्दा पनि प्रायः सामाजिक सेवामै उनको चासो थियो। शाहीले २०६९ स्वयंले अभिभावकसंग विदा मागेर राजिनामा दिए।

नगरपालिकाको वडा अध्यक्षमा निर्वाचित शाही भन्छन्, ‘सेवा गरे मेवा मिल्छ, भने जस्तै समाजसंग घुलमिल भएर सेवा गरेको फल प्राप्त गरेको छु। वडाका सबै नागरिकलाई सम्मान ब्यबहार गर्ने छु’ उनले भने, ‘जनताले दिएको मतको ऋण अवश्य पनि सेवा गरेर तिर्ने छु।

२६ बर्षसम्म विद्यालय व्यवस्थापन समितिमा इमान्दार भएर काम गरेको मुल्यांकन मतदाताले गरे।’ अब आफ्नो वडालाई नगरपालिकाकै नमुना वडा बनाउन निरन्तर काम गर्ने बताउँदै शाहीले भने, ‘उमेरले पनि ६३ बर्षको भएँ। अब जनताको सेवामै व्यस्त हनेछु। व्यक्तिगन स्वार्थभन्दा माथि उठेर सेवा प्रदान गर्नेछु।’

Next Post

म्यादीको तलब–भत्ताबाट कमिशन खादै सुर्खेत प्रहरी

२० जेष्ठ २०७४, शनिबार १५:०८
सुर्खेत : पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादीहरुबाट सुर्खेत प्रहरीले मोटो रकम कमिशन खान खोजेपछि हंगामा भएको छ । गृह मन्त्रालयले तोकेको सेवा–सविधाभन्दा निकै कम तलब, भत्ता दिएर बिदाई गर्न थालेपछि म्यादी प्रहरीहरु आन्दोलनमै उत्रिएर भण्डाफोर गरेपछि हंगामा मच्चिएको हो । प्रहरीले आफूहरुको गुनासो सुनुवाइ नगरेको भन्दै […]