महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तले घर छ । त्यस्तै श्रीमतीकै नाममा ललितपुर महानगरपालिकामा ५८०० वर्गफिटमा साढे दुई तल्लाको घर छ ।
त्यस्तै श्रीमती जुलीकै नाममा धनुषामा ८ विघा र ५ कठ्ठा, सिन्धुली कमलामाइमा ५ कठ्ठा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना, १ रोपनी ७ आनाको कित्ता रहेको छ । त्यस्तै महासेठको नाममा भने १ विघा १५ कठ्ठा जग्गा रहेको देखिन्छ ।
त्यस्तै महासेठले ७२ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेका छन् । महासेठसँग ५२ तोला सुन देखिन्छ । जसमा २७ तोला पैतृक र २५ तोला दाइजोको रुपमा रहेको विवरणमा उल्लेख छ । चाँदी भने डेढ किलो छ ।
महासेठसँग ४० करोड रुपैयाँ बराबरको सेयरसमेत छ । उक्त सेयर विभिन्न कम्पनी र बैंकमा रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै सगोलको जग्गा भने १४७ विघाभन्दा बढी रहेको देखिन्छ । महासेठले भने श्रीमती र आफ्नो नाम गरी २३ करोड ऋण देखाएका छन् । विवरण यहाँ हेर्न सक्नुहुन्छ नागरिक न्यूजबाट