कालिकाेट – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो बस दुर्घटना भएको छ । बस दुर्घटनामा ५ जना घाईते भएका हुन् । जुम्लाबाट कालिकोट हुँदै नेपालगंज जादै गरेकाे कर्णाली यातायातको ना. ५ ख ३९४३ नम्बरको बस दुर्घटना भएको हो । खाँडाचक्र नगरपालिका—८ मा पर्ने सेरावाडा नजिकै ओरालोमा ब्रेक नलागेपछि बस अन्कन्ट्रोल भएको जनाइएको छ । बसमा सवार २२ जना मध्य ५ जना मात्र घाईते भएका प्रहरीले जनाएको घाईते ५ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कौशल अलीले जानकारी दिए ।
डा. अलिका अनुसार ४ जनाको टाउँको र मुखमा चोट लागेको छ भने १ महिलाम छाति र हातमा चोट लागेको छ । जुम्ला चन्दननाथ नगरपालिका ८ घर भएका सहचालक टेकेन्द्र धराला घाईते भएका छन् । त्यस्तै सर्खेत भेरीगंगा नगरपालिका —११ छिन्चुका खड्क बाहोरा, कालिकोट खाँडाचक्र नगरपालिका —१ की रश्मी नेपाली, बिरेन्द्रनगर नगरपालिका — ११ कीसुर्खेत कि माया रावत घाईते भएकी हुन् । बस चालक बलबहादुर चुनारा पनि सामान्य घाईते भएका छन् । बस दुर्घटना स्थलमै रहेको प्रहरीले बताएको छ ।
सह चालक टेकेन्द्र धरालाका अनुसार, ओरोलो बाटो थियो । चार नम्बर गेरमा थियो भने स्पीड ३० सम्म थियो । ओरालो भएकाले गेर नलागे पछि गुरुले चट्टानमा ठोकेका हुन् । उपचारको लागि विरामी प्रहरीले जिल्ला अस्पताल ल्याए पनि एक्सरे कक्षका स्वास्थ्कर्मीले लापरवाही गरेको विरामीको गुनासो छ । डा. कौशल अलिले पटक—पटक विरामीको एक्सरे गर भने पनि अटेर गरेको बताइएको छ ।
भाग्यले बचायो
बायाँसाइडतिर बस खसेको भए सबैको ज्यान जाने खतरा थियो । दुर्घटना भएको स्थानमा डिलतिर तिला नदी छ । सडकबाट तल खसेको भए ठुलो कोही पनि नबाच्ने अवस्थाको भिर भएको घाईते खड्क बोहोराले बताए । जुम्ला द्धन्द्ध पिडितको राहत बुझेर सुर्खेत जानका लागि बोहोरा उक्त बस चढेर आएका हुन् । सहचालक धरालाले भने , ‘यात्रा गरिरहेको वेला वस ओरालोमा कुदेको थियो । बस चालकले ब्रेक फेल भएको यात्रुलाई भनेन् । तर मैले थाहा पाई सकेको थिए बे्रक नलागेको त्यसपछि भित्तामा हानेको हो ।’ उनले भने, डिलतिर गएको भए सबै मरिहाल्थ्यौ ।
जिल्ला अस्पतालमा उपचार्थ रहेका सबैजसो घाइते भाग्यले बचाएको सुनाए । रश्मी नेपालीको छाति र हातमा चोट लागेको छ । रश्मीले भनिन, केभिनमा वसका सबै घाईते भऔं पछाडि बसकालाई केहि भएन । १७ जना यात्रा केभिनभन्दा बाहिरको सिटमा बसेका थिए । गत जेठ २९ गते दैलेखको भेल्तडीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाईते भएका थिए ।