मुख्यमन्त्री शाही नगर सरसफाइमा

१२ फाल्गुन २०७४, शनिबार १६:१९

सुर्खेत – मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार विहानै हातमा झाडु समाएर वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा देखिए। वीरेन्द्रनगर नगरपालिकाले एक महिनाअघिदेखि सुरु गरेको सरसफाई अभियानमा साथ दिन मुख्यमन्त्री मंगलगढी चोक पुगेका थिए। उनले झाडुको सहायतामा सडकको सफाई मात्रै गरेनन्, बेल्चाले नालीमा थुप्रिएको फोहर पनि निकाले।

‘प्रदेशको राजधानीलाई सफा र स्वच्छ राख्नु हामी सबैको दायित्व र कर्तव्य हो’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारका तर्फबाट सरसफाई अभियानलाई पूर्णरुपमा साथ र सहयोग गछौं।’ अघिल्लो वर्षसम्म सुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा भएको सरसफाई अभियानको नेतृत्व हाल वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले प्रदेश राजधानीलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले हरेक शनिबार सरसफाई अभियान सञ्चालन गर्ने गरिएको बताए। ‘यो अभियानमा प्रदेश सरकार पनि जोडिएको छ’ उनले भने, ‘यसले हामीलाई हौसला प्रदान गरेको छ।’ नागरिक न्युजबाट

Next Post

‘भ्रष्टाचार गरेको पाइएमा टपक्क टिपेर मिल्काउछु’ : प्रधानमन्त्री ओली

१२ फाल्गुन २०७४, शनिबार १६:१९
                भ्रष्टाचारीलाई टपक्क टिपेर मिल्काउँछु, अचम्म नमान्नू ललितपुर: नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कसैले भ्रष्टार गर्छ भने त्यो मान्य नहुने बताएका छन् । नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चले शनिवार गोदावरीमा गरेको बृहत् वनभोज कार्यक्रममा यस्तो बताएका हुन् । ‘भ्रष्टहरू हाम्रो […]