समृद्ध सान्नी त्रिवेणी बनाउने अभियानमा लाग्छौ : शाही

११ असार २०७४, आईतवार १९:२३

कालिकोट : सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख डम्वर बहादुर शाही (दिलिप) ले सान्नी त्रिवेणीलाई समृद्ध बनाउने अभियानमा लाग्ने बताए । कालिकोटका स्थानीय तथा केन्द्रिय संचार माध्याममा कार्यरत पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा शाहीले सो कुरा बताएका हुन् ।

जल, जंगल र जडिवुटी र पर्यटनको धेरै राम्रो सम्भावना बोकेको सान्नी त्रिवेणी समृद्ध बनाउने प्रमुख शाहीले बताए । पत्रकारको भेटमा उनले भने, ‘सान्नी त्रिवेणाीमा त्रिवेणी पाट, मालीक बन, पान्डव गुफा र रमाइला झरना भएकाले पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’ प्रसस्त हरियाली जंगल र रमाइला पाटन भएको सान्नी त्रिवेणीमा जिल्लाका प्रायः धेरै नागरिकको आकर्षणको केन्द्र बिन्दु मानिन्छ । बहु चर्चित बडिमालिका मन्दीरको दर्शन गर्न पनि जिल्ला र अन्तर जिल्लाका मानिसहरु सान्नी त्रिवेणीको बाटो भएर जाने गर्छन् ।

गत बैशाख ३१ गतेको स्थानीय निर्वाचनमा निर्वाचित प्रमुख शाहीले विकासको प्रमुख आधार जल विद्युत र पर्यटन भएकाले आफ्नो क्षेत्रबाट प्रयास गर्ने बताए । उनले भने, ‘मैले गरेका राम्रा कामलाई प्रोत्साहन गर्न र भुलचुक कमजोर भएमा पनि खबदारी गर्ने काम मिडियाको रहने छ ।’ अवको कार्यकाल जनताको विचमा शुसानयुक्त तरिकाले गर्ने उनले प्रतिबद्धता गरे ।

चुनावभन्दा पहिला माओवादी केन्द्रको नेता भए पनि जनताको भोटले निर्वाचित भएपछि अव सबै नागरिकको साझा व्यक्ति भएको शाहीले बताए । उनले भने, ‘मलाई विजयी गराउने सबैमा आभार छ । अब आफ्नो र पराय नभनि सबैलाई सम्मान ब्यवहार र मुस्कानसहितको सेवा दिलाउन तर्फ अग्रसर हुनेछु ।’ सान्नी त्रिवेणीको विकास गर्न सबै राजनीतिक दल र स्थानीयसँग समन्यव गरेर अगाडि बढ्ने शाहीले सुनाए । शाहीलार्इ मिसनइन्युज डट कमका सम्पादक पवित्रकुमार शाही, थाहाखबर अनलाइनका रमेश रावल, पत्रकार कालीबहादुर मल्ललगायतले कार्यकाल सफलताकाे शुभकामना दिएका थिए ।

Next Post

यसरी अवैध आयुर्वेद औषधि बेच्न प्रतिबन्ध

११ असार २०७४, आईतवार १९:२३
कालिकोट – जिल्लामा अवैध रुपमा आयुर्वेदिक औषधि र जडीबुटी व्यापार गर्न प्रतिबन्ध लगाइएको छ । प्रमाण र मापदण्डबिनाका जडीबुटी र आयुर्वेदिक औषधि बिक्री हुन थालेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बिक्री वितरणमा रोक लगाएको हो । स्वास्थ्य क्षेत्रको जानकारीबिना नै गाउँगाउँमा विभिन्न आयुर्वेद कम्पनीका औषधि र जडीबुटीको व्यापारले स्वास्थ्य क्षेत्रमा समस्या […]