गाउँपालिका अध्यक्ष चौलागाईको कमिसन धन्दा

१२ मंसिर २०७६, बिहीबार १३:३०

कालिकाेट– जिल्लाकाे शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईको कमिसन धन्दा सार्वजनिक भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै सेटिङमा कमिशन लिने गरेको रहस्य खुलेको हो । जसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तरर्गत फिल्ड साहायक पदमा जागिर मिलाईदिन्छु भन्दै एक लाख घुस लिएको प्रमाण भेटिएको छ ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपैयाँ घुस लिएका हुन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न स्थानीय तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको थियो । फिल्ड साहायक पदमा नाम निकाल्छुभन्दै रकम पैसाँ उठाउने गरेका हुन् । यता गाउँपालिका अध्यक्ष चौलागाईले एक लाख सापटी लिएको बताएका छन् । नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ ।

एक लाख बरावरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने सुरमा अध्यक्ष चौलागाई छन् । फिल्ड सहायकका लागि शुभकालीका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए । भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरीएको थियो ।

फोन रेकडमा आफुले १ लाख लिएको तर नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताएका छन् । यता भुपेन्द्र तिमिल्सेनाले आफुले गाउँपालिका अध्यक्षलाई घुस भनेर एकलाख नदिएको बताएका छन् । तर, उनले फोन रेकडमा भने आफुले नाम निकाल्दिने भन्दै रकम दिएको बताएका हुन् । उनको यी दुईवटै रेकड सुन्ने हो भने एक लाखभन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन् । सरकारको कानुन तोड्ने चौलागाइलार्य पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी आवाज उठेको छ । यस्तै अन्य योजनामा पनि कसिन उठाउने गरेको स्रोतले बताएको छ । उनले पैसाँको वार्गेनिङ गरेका अन्य प्रमाण पनि भेटिएको छ ।

Next Post

प्रधानमन्त्री ओली खतरामुक्त

१२ मंसिर २०७६, बिहीबार १३:३०
काठमाडौं -चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा  अपरेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह […]