सुर्खेत – मंगलबार रातीदेखि अविरल परेको वर्षाले सुर्खेत स्थित विरेन्द्रनगरको तल्लो क्षेत्रमा क्षति पुगाएको छ । निरन्तरको वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाको पर्ने सुर्खेत, खोली बजार लगायतका ठाउँमा पानीले डुवानमा परेका थिए । गरपालिकाको वडा नम्वर ९, १०, २ र ३ नम्वर बडाको जयपुर, भुरेली र फलाटेमामा पनि पानीले क्षति पुगाएको छ ।
९ र १० वडामा भने सबै भन्दा धेरै डुवान भएको स्थानीयले बताएका छन् । दक्षिणी भूभागमा डुवान हुँदा किसानको खेतवारीमा लगाएको तरकारी सवै नष्ट भएको छ । स्थानीयले वर्षभरी खान र विग्री गर्नका लागि उत्पादन गरिएको तरकारी पानीले बगाएको छ । त्यस्तै रोपाइको लागि तयारी गरिएको धानको वेर्ना समेत बाढीले बगाएको छ । रोपाइको लागि खेतमा विउँ उखेलेर रारखएको सवै बाढीले बगाएको स्थानीयले दुःखेसो पोखे ।
बाढी प्रभावित क्षेत्र ९ नम्बर वडामा दुई कुखुरा फार्म नष्ट हुनुका साथै दुई बंगुर समेत मरेको प्रहरीले बताएको छ । यो क्षेत्रमा ढलको व्यावस्था नहुदाँ यस्तो समस्या आएको स्थानीयको गुनासो छ । चाँडै ढलको व्यावस्था गरेर डुवान हुनबाट रोक्न सरोकारवालले ध्यान दिन जरुरी रहेको स्थानीयको माग रहेको छ । पानीको डुवानका कारण कुनै मानवीय क्षति भने भएको छैन् ।
उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको थियो । अविरल वर्षाका कारण आएको वाढिले सुर्खेतका अन्य धेरै ठाउँमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।


