प्रचण्डले कार्यकर्तालाई सोधे- क्रमभंग गर्न तयार छौं ?

२१ बैशाख २०७५, शुक्रबार १४:२८

 काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्याग्न आग्रह गरेका छन् । मार्क्सको जन्म द्विशतबाषिर्की कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए । एमाले र माओवादी भंग गरेर नयाँ पार्टी बनाउने तयारी भइरहेको भन्दै उनले कार्यकर्तालाई सोधे-क्रमभंग गर्न तयार छौं ?’ आग्रह पूर्वाग्रह त्याग्न र नयाँ आवश्यकताअनुसार रुपान्तरण गर्न सकेनौं भने एकता सफल नहुने उनले बताए ।

भूमिगत कालमा आफ्नो पुस्ताले धेरै दुःख गरेको स्मरण गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आजभोलि कताकता आफैं पनि विग्रियो कि भन्या जस्तो लाग्न थाल्यो । अरु नयाँ पिढी, जसमाथि हामीले भरोसा गर्ने हो जसलाई नेपाल दिएर माथि जाने तयारी गर्दैछौं । त्यो पिढी त झन पढ्दै नपढ्ने हुन थाल्यो ।’ एक बुर्जुवा बुद्धिजिवीले भूराजनीतिक अवस्थालाई बुझ्न नसके केही वर्षमा नेपालको अस्तित्व हराउने बताएको भन्दै उनले त्यसलाई असफल नाउनु पर्ने बताए ।

कम्युनिष्टहरुले आआफ्नै धन्दा चलाइरहे नेपाललाई केही दिन नसकिने भन्दै उनले भने, ‘एकतावद्ध हुन समग आएको छ, आग्रह पूर्वाग्रहबाट माथि उठेर संकल्प गरौं ।’

Next Post

सिन्डीकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत

२१ बैशाख २०७५, शुक्रबार १४:२८
काडमाडाैं – गृहमन्त्री रामबहादुर थापाले देशभर सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै सिन्डिकेट धारी यातायात व्यवसायीहरू पक्राउ पर्न थालेका छन्। गृहमन्त्रीको निर्देशनपछि पश्चिम नेपाल बस ब्यवसायी संघ, सगरमाथ यातायात व्यावसायी संघ, हिमाल यातायात व्यावसायी संघ, मेची बस व्यावसायी संघ लगायतका यातायात व्यावसायी संघका पदाधिकारीहरूलाई प्रहरीले नियन्त्रणामा […]