प्रत्यक्ष निर्वाचन प्रणलीमा जाने पत्रकार महासंघको तयारी, विधान सशोधन गर्न मस्यौदा समिति गठन

९ पुष २०७५, सोमबार १३:५३

काठमाडौं – नेपाल पत्रकार महासंघले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणलीमा लैजान विधान संशोधनका लागि उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको छ । विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलनको समीक्षा गर्न धनकुटामा बसेको केन्द्रीय समिति बैठकले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान विधान संशोधन मस्यौदा समिति गठन गरेको हो ।

महासंघले केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन फागुन ९ र १० गते कास्कीको पोखरामा गर्ने भएको छ । साधारण सभा र विधान अधिवेशनको तयारीका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउन सशक्त आन्दोलन गर्ने निर्णय पनि गरेको छ । मुलुकी फौजदारी संहिता, गोपनीयताको हकसम्बन्धी कानुन र विद्युतीय कारोबारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरु तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानुनी वातावरण तयार पार्न महासंघले सरकारसँग माग पनि गरेको छ ।

महासंघले संघ, प्रदेश र स्थानीय तहहरुमा निर्माण भइरहेको समाचार सम्बन्धी कानुनहरु प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आहृवान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए ।

Next Post

पलाँताकाे आगलागी नियन्त्रण, ८७ घर नष्ट, ७ स्थानीय घाइते, १८ चाैपायाँ मरे, गाउँलेको खुला आकाशमा बास (भिडियाे सहित)

९ पुष २०७५, सोमबार १३:५३
कालिकोट – जिल्लाको पलाँता गाँउपालिकाको खाँडा गाउँमा गएरातीदेखि लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्। आइतवार राती लागेको आगोले गाउँ नै नष्ट बनाएको छ। आइतवार राती १० बजेदेखि लागेको आगो आज (साेमवार) दिउँसाे नियन्त्रणमा आएकाे प्रहरीले बताएको छ। पानीको निकै अभाव […]