देउडा समाजद्धारा पचालझरनाका जनप्रतिनिधि सम्मानित

१८ श्रावण २०७४, बुधबार १८:५३

कालिकोट – स्वतन्त्र देउडा समाज नेपालले पचालझरना गाउँपालिका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्लाको सदरमुकाम मान्ममा एक कार्यक्रमको आयोजना गरि देउडा समाजले सम्मान गरेको हो । स्वतन्त्र देउडा समाज नेपालका अध्यक्ष नेत्रराज शाही र कार्यक्रम संयोजक विजयराज सेजुवालले दोसल्लाह र अभिर लगाएर गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल, उपाध्यक्ष तारा न्यौंपानेलगायतका जनप्रतिनिधिलाई सम्मान गरेका हुन् ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई कर्णालीको सास्कृतिक क्षेत्रको खम्बा देउडा भएकाले यसको संरक्षण गर्न आयोजकले आग्रह गरेका थिए । बरिष्ठ देउडा खेलाडी नेत्रराज शाहीले पश्चिम नेपालमा देउडा कला क्षेत्रको मरुदण्ड भएको बताए । उनले भने, २० बर्षपछिको स्थानीय निर्वाचनबाट निर्वाचि जनप्रतिनिधिले आफ्नो क्षेत्रको सास्कृतिक भेषभुषालाई भुल्लन नहुनेमा जोड दिए ।

पश्चिम नेपालको गहनाको रुपमा रहेको देउडा सस्कृतिलाई संरक्षण र थप पहिचान गर्न सबै क्षेत्रले सहयोग गर्नु पर्ने देउडा समाजका अध्यक्ष शाहीले बताए । पहिलेको तुलनामा अहिले देउडा सामान्य रुपमा लोप हुने सम्भावना बढेकाले यसको निम्ती सबैले देउडा गायक, गायीका र सबै पारखीले देउडा सस्कृतिलाई अभियानको रुपमा लिनु पर्ने सहभागीले बताए ।

पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले आफ्नो क्षेत्रबाट पुर्ण रुपमा देउडा संस्कृतीको संरक्षण गर्न तयार रहेको सुनाए । उनले भने, कर्णालीको सास्कृतिक पहिचान नै देउडा भएकाले गाउँपालिकाबाट सहयोग र समर्थन गर्ने प्रतिबद्धता छ । उपाध्यक्ष तारा न्यौपानेले परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन् देउडा सस्कृति भनेको कर्णालीको सम्पती हो ।

यसलाई संचार माध्यामबाट थप प्रचार प्रसार गर्नु पर्छ । देउडालाई राष्ट्रिय स्तरमा सबैलाई झल्काउने गरी पहिचान गर्न सबै क्षेत्रको अतुलनिय भुमिका रहनु पर्छ । सम्मान कार्यक्रमा पचालझरना गाउँपाकिा वडाध्यक्षलगायतका निर्वाचित सदस्यलाई पनि सम्मान गरिएको थियो । पचालभरना गाउँपालिका नै झरनाको नामबाट नामांकन भएकाले यस गाउँपालिकालाई देउडा गीत मार्फत देशभर चिनाउन जरुरी भएको सहभागीले बताए । यसभन्दा पहिला देउडा समाजका अध्यक्ष नेत्रराज शाहीले पचालझरना यशिया कै अग्लो भनेर देउडा गीत सृजना गरेका थिए । तर जिल्ला समन्वय समितिका प्राविधिको टोली गाउँपालिकाले मापनको लागि खटाउँदा ३८१ मिटरको लम्बाई रहेको पुष्टी भएको छ ।

Next Post

दक्षिण एसियाको पारिवारिक राजनीतिक मोहको सिको गर्दै प्रचण्ड

१८ श्रावण २०७४, बुधबार १८:५३
रमेश रावल – दक्षिण एसियामा पारिवारिक राजनीतिको प्रभुत्व छ । दक्षिण एसियामा माल्दिभ्समा गैयुम परिवार, भारतमा नेहरु गान्धी परिवार, श्रीलंकामा राजापाक्षे र बंगालदेशमा शेख परिवार, पाकिस्तानमा भुट्टो र सरिफ परिवारको राजनीतिक प्रभुत्वमा छ । माल्दिल्सका गैयुम, भारतका नेहरु गान्धी, श्रीलंकाका राजापाक्षे र बंगालदेशका शेख र पाकिस्तानका भुट्टो तथा सरिफ परिवारले […]