पार्टी एकताले सकरात्मक सन्देश : एमाले अध्यक्ष शाही

३ जेष्ठ २०७५, बिहीबार १३:३२

कालिकोट– नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले मदन आश्रित स्मृति दिवसको दिन दुई पार्टी विचको एकताले सकरात्मक सन्देश दिएको बताएका छन् । विहीबार नेकपा एमाले जिल्ला कमिटी कालिकोटले आयोजना गरेको मदन आश्रित स्मृति दिवशमा बोल्दै अध्यक्ष शाहीले जिल्लाका नेता कार्यकर्ताविच केन्द्रको निर्णय स्वागत योग्य रहेको बताए ।

मदन र आश्रितप्रति सम्मान र सपना पूरा गर्न आजैको दिन पार्टी एकता हुनु समग्र नेपालीको लागि शुभ संकेत भएको उनले बताए । पार्टी कार्यालयमा आयोजना गरिएको स्मृति दिवशमा नेकपा एमालेका नेता कार्यकताहरुको सहभागीता रहेको थियो ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।

Next Post

‘कांग्रेस भष्ट्राचार विरुद्धको अभियानमा जान्छ’ : सभापति बम

३ जेष्ठ २०७५, बिहीबार १३:३२
कालिकोट– नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले अब कांग्रेसले भष्ट्राचार विरुद्धको अभियान संचालन गर्ने बताए । जिल्लामा मौलाएको अनियमितता र शुसान विरोधी गतिविधिलाई लाईनमा ल्याउन भष्ट्राचार विरुद्धको अभियान गर्ने सभापति बमले बताए । विहिबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी सभापति बमले सो कुरा बताएका हुन् । नेपाली कांग्रेसको दोस्रो […]