कालिकोट चैत्र १२ । जिल्लाको तिलागुफा नगरपालिका ४ र २ नम्बर वडामा ( साविकको राँचुली गाबिसमा) बाल मैत्री स्थानीय शासन लागु गर्ने अन्तिम तयारीमा जुटेको छ । बाल मैत्री स्थानीय शासन लागु गर्न सबै सुचक पुरा गरेको कारणले अन्तिम तयारीमा जुटेको हो ।
बाल मैत्री स्थानीय शासन लागु गर्नका सबै प्रकार सुचक पुरा गरेको र स्थानीय तहको निर्वाचनले कुनै असर नगरे बैशाख वा जेठमा स्थानीय बाल मैत्री शासन लागु गर्न तयारी गरेको तिला गुफा नगरपालिकाका अधिकृत बरदान सेजुवालले बताए । ‘हामीले सबै प्रकारका सचुक पुरा गरेका छौं ।’ उनले भने,–‘त्यसका हामीले मन्त्रालयका पत्र पठाउने अन्तिम तयारी रहेको छ ।’
बालबालिकाकालाई विकासका हरेक प्रक्रियामा साझेदार बनाउनु पर्ने, बाल मैत्री स्थानिय शासनमा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताका क्षेत्रमा विकास हुने त्यसका लागि सबै प्रकार सुचक पुरा गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिड्रेनका बाल संरक्षण अधिकृत बाले बिश्ककर्माले बताए । ‘बालबालिकालाई जोमिखबाट मुत्ति दिने एउटा असल शासन हो ।’ उनले भने,–‘यो शासन लागु गर्न स्थानीय उत्साहित देखिएका छन् ।’
बाल मैत्री स्थानीय शासन लागु गर्न गाविस र जिविसको सहकार्यमा गाविसमा सन् २०१६ देखि प्रयास शुरु भएको थियो । सेभ द चिल्डे«न र यसको साझेदार संस्था किर्डाक नेपालले सन् २०१६ देखि लागु प्रयास भएको भएको बाल मैत्री स्थानीय शासनका मापदण्ड पुरा गर्न काम गर्दै आएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले बताए । ‘जिल्ला विकास समिति र बिभिन्न साझेदार संस्थाले बालमैत्री गाबिस घोषणा गर्न एक बर्षदेखि प्रयास गर्दै आएका थिए ।’ उनले भने,–‘यसको अन्तिम रुपमा बालमैत्री स्स्थानीय शासन लागु हुन लागेको छ ।’
साविकको राँचुली गाबिसमा ३ देखि १३ वर्षसम्मका सबै बालबालिका बाल विकास केन्द्र र विद्यालयमा भर्ना भएका र बालबालिका, अभिभावक, विद्यालय र सरोकारवालाहरुको लागि आचारसंहिता बनेर लागु गरिएको र बालबालिका क्षेत्रमा करिब गाबिसको कुल बजेटमा २३ प्रतिशत बजेट खर्च गर्ने गरेको साझेदार संस्था किर्डाक बाल संरक्षण अधिकृत धनिराम न्यौपानेले बताए । ‘सबै बालकालिका स्कुल भर्ना दर, बालहिंसा, लगाएतका सबै क्षेत्रमा बालबालिका सहभागिता उच्च रहेको छ ।’ उनले भने,–‘यी सबै कुरा पुरा भएकाले अब चाडै बालमैत्री स्थानीय शासन लागु गर्न योग्य रहेको छ ।’
नेपाल कै नवलपरासीको प्रगतिनगर गाविस नेपालकै पहिलो बाल मैत्री गाविस घोषित भएको थियो । प्युठानको भिग्रि गाबिस द्रोश्रो बनेको थियो भने कालिकोटको राँचुली गाबिस बालमैत्री स्थानीय शासन घोषित भए तस्रो हुने छ ।