नेकपाका प्रवक्ता विश्वकर्माको घरमा प्रहरीले टाँस्यो पक्राउ पुर्जी

१५ चैत्र २०७४, बिहीबार १९:५९

कालिकोट : नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को  घरमा पक्राउ पुर्जी टाँस गरिएको छ। भोजपुर जिल्ला अदालतले विश्वकर्माको कालिकोट नरहरिनाथ गाउँपालिका–६ माल्कोटस्थित घरमा ‘ज्यान मार्ने उद्योग र विस्फोटक प्रदार्थ’ मुद्दामा पक्राउ पुर्जी टाँस गरेको हो।  विश्वकर्मालाई भोजपुर अदालतमा हाजिर हुन ७० दिनको म्याद समेत तोकिएको छ।

यसभन्दाअघि नै भोजपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि सर्कुलर जारी गरेको छ।  प्रदेशसभा र प्रतिनिधिसभा चुनावका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

गत कात्तिक २८ गते चुनावी प्रचारका क्रममा भोजपुरमा एमाले नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो। जिल्लाका अन्य भागमा पनि विस्फोट भएका थिए। सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकतालाई पक्राउ पुर्जी जारी गरेको थियो।

 

Next Post

‘कर्णालीको माटोमा हिरा छ, कालिगड चाहियो’ : मन्त्री भण्डारी

१५ चैत्र २०७४, बिहीबार १९:५९
कालिकोट – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश पर्यटन समृद्धिको प्रदेश हुने बताए । विकासका पूर्वाधार मध्येकै पर्यटनले प्रदेशकै मुहार फर्ने मन्त्री भण्डारीले बताए। रारा कर्णाली पर्यटन वर्ष २०७५ का लागि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री भण्डारीले भने, ‘कर्णालीको माटोमा हिरा छ। तर, कालिगढको चाहियो। तिला […]