कालिकाेट-तिलागुफा नगरपालिकाले स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । नगरपालिकाले उप–प्रमुखसंग स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो । स्वास्थ्य शिविर यहि भदौ ४ गते संचालन हुने भएको छ ।
स्वास्थ्य शाखा तथा नगर अस्पतालसंग समन्वय गरि स्वास्थ्य शिविर संचालन गरिने नगर उप–प्रमुख महेन्द्रबहादुर शाहीले बताए । नगरपालिकाको वडा नम्बर ४ स्थित राँचुलीमा स्वास्थ्य शिविर संचालन हुने आयोजकले बताएको छ । नगर अस्पताल राँचुलीमा बिशेषज्ञ सेवा सहितको अस्पताल संचान तथा नगर उप–प्रमुख संग स्वास्थ्य शिबिर हुने नगरले सार्वजनिक सुचना सार्वजनिक गरेको छ ।
स्वास्थ्य शिविरमा प्रसुती रोग, दन्त रोग, वाल रोग, नाक, कान, घाँटी, तथा हाडजोर्नी उपचार गरिने भएको छ । ‘हाम्रो नगर स्वस्थ नागरिक’ भन्ने मुल नाराका साथ विरामी भएका नगरवासीलाई स्वास्थ्य शिविरमा आउन नगरले जानकारी गरेको छ । उप–प्रमुख शाहीले नगरमा संचालन गरिने स्वास्थ्य शिविरले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।