ओली श्वासप्रस्वास, दाहाल रक्तसञ्चार जस्तै हुन् : अध्यक्ष शाही 

२७ पुष २०७४, बिहीबार १६:४२

काठमाडौं नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले बाम गठबन्दनका निम्ति एमाले अध्यक्ष केपी ओली श्वासप्रवास र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रक्तसञ्चार जस्तै काम गर्ने नेता भएको बताए । दुवै नेतालाई पार्टी एकिकरण पछिको संक्रमणकाल नटुंगिदासम्म कार्यकारी भुमिकामा राख्न जरुरी भएको अध्यक्ष शाहीले बताए ।

मिसन न्युजको भेटमा उनले भने, ‘पार्टी एकिकरणकै चुनावी अजन्डाले बाम गठबन्दनको पक्षमा बहुमत आएको हो । पार्टी एकिकरण भएमात्र सम्भावना र अवसरका ढोका खुला हुन्छ ।’

गएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव परिचालन मुल समिति कालिकोटको संयोजक समेत रहेका नेता शाहीले पार्टी एक भएमा सबैको मुखमा समृद्धिको शव्द झुिन्डने र देशले विकास र निर्माणको स्वर्णिम पथमा पाइला चाल्ने बताए ।  बाम गठबन्दको पक्षमा जनताले विश्वास गरेरकाले अब बाम सरकार गठनपछि विकासमा पनि जनताले विश्वास गर्ने उनले बताए ।

अब बन्ने सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले नै गर्नुपर्ने उनले दावि गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कुनै कार्यकारी पदमा लिएर ओली प्रधानमन्त्री हुनु देश र जनताको लागि भलाही हुने उनले बताए ।

 

Next Post

मुहार फेर्दै कर्णाली करिडोर, सडक निर्माण दु्रत गतिमा

२७ पुष २०७४, बिहीबार १६:४२
कालिकोट – दुई दशकदेखि अलपत्र बनेको कर्णाली करिडोरको ट्र्याक बनाउने काम अहिले दु्रत गतिमा भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएपछि यो करिडोरको निर्माण कार्यले अहिले गति लिएको हो। हाल कर्णाली करिडोर अन्तर्गत खुलालु–सिमीकोट खण्डको ६६ किलोमिटरको निर्माण पूरा भएको छ । जिल्लाको लालीघाटदेखि घाटपारी चौर ३३ किलोमिटर सम्पन्न भएको […]