कालिकोट– सन् २०१७ जनवरी देखि डिसेम्बर २० तारिखसम्म जिल्लामा ३६ वटा मानव अधिकार हनन्का घटना घटेका छन् । नागरिक तथा राजनीतिक अधिकार, कुटपीट, धक्की, बालविवाह, बहुविबाह, यौन दुव्र्यबहादर, पारिवारिक हिंसालगायतका घटना गरेर ३६ वटा मानवअधिकार उल्लंघनका घटना भएको सार्वजनिक गरिएको छ ।
नेपाल मानव अधिकार बर्ष पुस्तक २०१८ वार्षिक पुर्व समीक्षा कार्यक्रममा घटनाको जानकारी गराइएको हो । नेपाल मानव अधिकार बर्ष पुस्तकमा दस्तावेजीकरण गरिने मानव अधिकार हनन्का घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमका विच सार्वजनिक गरेको हो ।
नागरिक तथा राजनीति अधिकार तर्फ गोली प्रहार गरी राज्यबाट १ जनाको हत्या भएको सार्वजनिक गरिएको छ । कुटपीट तथा धम्की र घाईते गरी राज्य पक्षबाटै ३ जना, विष्पोटक पदार्थ र गोली प्रहारबाट ८ जना घाईते र अपमानजक व्यबहार बाट १ जना पीडित भएको जानकारी गराएको छ । त्यस्तै बालविवाह ३ वटा, बोक्सीको आरोपमा दुव्र्यबहार १ जना, बहुविवाह ३, बलात्कार, यौन दुव्र्यबहार ३ जना र पारिवारिक हिंसा ६ जना गरी जम्मा ३६ वटा मानव अधिकार हननका घटना भएको इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सार्वजनिक गरेका छन् ।
खाँडाचक्र नगरपालिका उपमेयर विजया बिष्टले मानव अधिकार भनेको मानव जन्मीसकेपछि स्वतह पाउने अधिकार भएकाले कसैले पनि हनन गर्न नपाइने बताइन । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी बिष्टले जिल्लामा हुने मानव अधिकार हननका घटनालाई मिडिया र मानव अधिकारको क्षेत्रमा काम गर्ने निकायले खवदारी गराउनु पर्ने बताईन ।