काठमाडौं- पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो ।
उनका छोरा विनोद विष्टले निधनको पुष्टि गरेका छन् । उनका अनुसार आजै आर्यघाटमा लगेर अन्तिमसंस्कार गरिनेछ ।
बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।
२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।