एमालेद्वारा १५ जना उम्मेदवारको नाम सिफारिस

२२ आश्विन २०७४, आईतवार १७:२४

कालिकोट– नेकपा एमाले कालिकोटले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनका लागि १५ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फगरी १५ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ हालका सांसद तुलाराज बिष्ट र एमाले जिल्ला उपाध्यक्ष रमेशकुमार शाहीको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ मानव अधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष मिनबहादुर शाही, युवा संघका केन्द्रिय लेखा समिति सदस्य वकील बम र महिला नेतृ मिना शाहीको सर्वसम्मत सिफारिस भएको जिल्ला कमिटी सचिवालय सदस्य दानबहादुर शाहीले बताए । २ वटा प्रदेश क्षेत्र भएको कालिकोटबाट एमालेले  १० जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र १ प्रत्यक्ष तर्फ पुर्व जिल्ला अध्यक्ष कुर्मराज शाहीको नाम मात्र सिफारिस भएको छ । क्षेत्र नम्वर १ बाट समानुपातिक तर्फ ३ जनाको नाम सिफारिस गरी पठाएको छ । जसमा राधिका शाही, तारा शाही र रतन विकको सिफारिस भएको एमालले जिल्ला कमिटी सदस्य डवल वोगटीले बताए ।

यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र २ मा प्रत्यक्ष सांसदतर्फ ३ जना र समानुपातिक तर्फ पनि ३ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही ( नेशनल ), कर्णाली काठमाडौ सम्पर्क कमिटीका अध्यक्ष तुलाराज सिम्खाडा र अनेरास्वीयकी महिला नेतृ यसोधा बरालको सिफारिस भएको जनाइएको छ ।

त्यस्तै समानुपातिकतर्फ पुर्व जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष विश्वराज बम, दलित नेता कालो सार्की र महिला नेतृ दुर्गा शाही (न्यौपाने)  को नाम सिफारिस गरेको प्रदेश सभा निर्वाचन क्षेत्र २ समन्वय कमिटी संयोजक मर्मजंग बमले जानकारी दिए ।

 

Next Post

घरमै लडेर वडा सदस्यको मृत्यु

२२ आश्विन २०७४, आईतवार १७:२४
कालिकोट– जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–४ बाट विजय भएका एक वडा सदस्यमो मृत्यु भएको छ । दलित वडा सदस्यमा विजयी सुनामे दर्जीको शनिबार बेलुका आफ्नै घरको ढोकाबाट लडेर मृत्यु भएको शान्नी त्रिवीणी गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर शाहीले बताएका छन् । खाना खाएर घरमा शौच जान लागेका बेला खसेर दर्जीको मृत्यु भएको प्रहरीले […]