ओबिओआरले चीन र नेपालबीचको सम्बन्ध अझ सुमधुर बनाउँछ : ओली

१६ जेष्ठ २०७४, मंगलवार १२:२९

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल चीनबीचको ओबिओआर बिचको हस्ताक्षरले दुई देशबीचको सम्बन्धलाई अझ सहज बनाउने बताएका छन्। काठमाडौंमा मंगलबार वान बेल्ट वान रोड इन्टरनेसनल कन्सर्न सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले ओबिओआरले दुबै छिमेकी मुलुकहरुलाई सकारात्मक सम्बन्ध बनाएर अगाडि बढ्न सहज हुने उल्लेख गरे। कार्यक्रममा ओलीले नेपालका लागि ओबिओआर झन् महत्वपूर्ण रहेको समेत चर्चा गरेका थिए।

यसले दुई देशबीच एकले अर्कोलाई धक्का नदिई झन् राम्रो सम्बन्ध बनाएर अगाडि बढ्दा दुबै पक्षलाई फाइदा पुग्ने ओलीले बताए। उनले आफू प्रधानमन्त्री हुँदा ओबिओआरका लागि एग्रिमेन्ट गरेको भन्दै सफलताका लागि खुसी व्यक्त गरे।

चीनको विकासमा लिडरसीप र राजनीतिक स्थिरता नै प्रमुख कारण भएको पनि ओलीले उल्लेख गरे। नेपाल भने स्थायी सरकारको अभाव तथा राष्ट्रलाई कम महत्व दिने, देशको विकासका लागि भिजन ल्याउनेलाई लखेट्ने प्रवृत्तिले अगाडि बढ्न नसकेको पनि उनले सुनाए। थाहा खबरबाट

Next Post

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मल्ल सम्मानित

१६ जेष्ठ २०७४, मंगलवार १२:२९
कालिकोट : प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल सम्मानित भएका छन् । १० औँ गणतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मल्ल सम्मानित भएका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद समेत रहेका मल्ललाई जिल्ला न्यायधिश केशवराज पाण्डेले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । लोकतान्त्रीक गणतन्त्र स्थापनाको लागि चलेको […]

You May Like