आइतबार ३२ जिल्लामा मनोनयन दर्ता गरिदै

५ कार्तिक २०७४, आईतवार ०८:४७

काठमाडौं –आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुनेछ । 

मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चल्नेछ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

त्यस्तै, प्रदेश सभा सदस्यतर्फ उम्मेदवाले मनोनयन पत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिक पत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

Next Post

टिकट जुधेपछि कालिकोटमा बाम गठबन्द तोडिने खतरा

५ कार्तिक २०७४, आईतवार ०८:४७
कालिकोट- जिल्लामा बाम गठबन्दनमा महाभाणमैलो भएपछि बाम गठबन्दनमा चर्काे विबाद भएको छ । दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तिन भए पनि बाम गठबन्दनमा उम्मेदवार छनौटमा चर्काे विबाद भएको हो । नेकपा एमाले र माओवादी केन्द्रका नेताविच सहमती नभएपछि गठबन्दनमा विबाद बल्झिएको छ । साविकका १७ गाविसमा पर्ने […]