कालिकाेट : स्थानीय तहको निर्वाचन घोषणासंगै जिल्लामा चुनावी सरगर्मी निकै बढेको छ । प्रदेश नम्बर ६ काे कालिकाेटमा नेपाल तरूण दलले शक्ति प्रदर्शन गरेकाे छ । नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीकाे सहभागीतामा तरूणहरूकाे विशाल सभासंगै उत्साह जनक प्रर्दशन भयाे ।
नेपाल तरूण दल लेखेका टिर्सट र टाेपी लगाएका सयाैं युवाहरू सदरमुकाम मान्ममा भरिएका छन् । महासचिव शाहीकाे नेतृत्वमा विगत एक वर्षदेखि सुरू गरिएकाे सुन्दर कालिकाेट समृद् कालिकाेट अभियानलार्इ निरन्तरता दिन तरूणहरूकाे प्रर्दशन गरिएकाे जनाइएकाे छ ।
मंगलबार नेपाली काँग्रेसको भातृ संगठन तरुण दलसंगै अन्य पार्टीका नेता कार्यकर्ताहरूले पनि सयुक्तरूपमा मान्ममा शक्ति प्रर्दशन गरेका छन् । स्थानीय जिराे पाेइन्टबाट शुरु भएको बाजागाजासहितकाे बजार परिक्रमासंगै खुलामंचमा कार्यक्रमको आयोजना गरेको छ ।
तरूण दलले मान्म बजार परिक्रमा गरेकाे नेपाल तरुण दल कालिकाेटका उपाध्क्ष राजकुमार हमालले जानकारी दिए । उनका अनुसार तरूण दलकाे यो अभियान मंगलबार देशभरी नै आयोजना गरिएको थियो ।