लोकेश पोख्रेल
यति बेला सिङ्गो बिश्व नै कोरोना भाइरस माहामारिले तनाब ग्रस्त छ । बिज्ञान लाई नै चुनौती दिएको छ covid-19 ले हाम्रो देश पनि अछुतो रहेको छैन । यस माहामारीबाट अझ भनौ हाम्रा सहर ,गाउँ, टोल÷टोलसम्म बाकी रहेको छैनन । संक्रमण बढीरहेको छ । हरेक प्रत्येक दिन तिब्र गतिमा देशको आर्थिक तन्त्र दया लाग्दो छ । देश का नागरिक हरु पसिना चुवाएर बिहान बेलुका हात मुख जोड्ने गर्दथे । अहिलेको सरकारको अर्थहिन लकडाउनले प्रत्यक्ष मारमा गरिब निमुखा जनता परेको छ्न । भन्ने हो भने त लकडाउनले देश र जनताको सुरक्षा गरिरहेको छ तर जनतालाई जोगाउनु सरकारको ठुलो भमिका रहने गर्दछ । यसको अलवा राहतको वाहानामा व्रमलुट भएको छ । राजनितिक दल सवै आफ्नो भुडी भर्न ठिकै छन् । शैक्षिक सस्थाहरु अस्तब्यस्त छ । स्कुलको हालत बर्खाको झारले चिन्न नसकिने भएको छ ।
देशमा श्रमजिबी बर्गहरु घाटिमा माटो दलेर बस्नु पर्ने स्थिती छ । जता हेर्यो भोकमरी र हाहाकार मच्चिएको घटनाहरुले जनताहरु अभिभाबक गुमाएको नाबालक जस्तै अन्योलमा छन् । तर बर्तमान सरकार र सरोकारवाला निकाय मस्त निन्द्रा मा निदाएको देखिन्छ । देश यस्तो हालतमा गुिज्ररहेको बेला बजारमा कालोबजारी, दुई नम्बरी, कमिशन र भ्रस्टाचारको गति आफ्नै रफ्तार मा छ । त्यसको प्रत्यक्ष मार सोझा साझा श्रमजिबि माझ पर्न गएको छ ! लकडाउन त केबल ज्याला मजदुरी गरेर खानेहरुका लागि मात्र भएको छ । यहाँ सरकारी गाडी अर्थात रातो नम्बर प्लेटका गाडिहरु मा क्षमता भन्दा बढी मान्छे कोचेर चलाउदा फाइन तिरेर डबल भाडा असुलेर हिड्दै गरेका सरकारी माफियाहरुलाइ दशै लागेको छ । बिचरा जो किस्ता बन्दीमा गाडी झिकेर ब्याच चुक्ता गर्न नसकिन आत्महत्या रोज्दैछ्न । उनीहरुका लागि कुनै बैकल्पिक उपाय सम्म नखोजिनु यहाँ नीर सरकारको चरम लापरबाही देखिन्छ । साना तथा मझौला ब्याबशायी सटर भाडाको चर्को मारमा छन । हरेक सर्बसाधारणको प्रत्येक पल गहिरो पिडामा गुर्जिरहेको छ । स्वास्थ्य क्षेत्रको लापरबाही कुरा त गर्दै नगरौ कतिसम्म छ । स्वास्थ्य चौकिमा सिटामोल सम्म पाइदैन यस्तो अबस्थामा पनि ,टर्च बालेर उपचार गर्दैछन् । हत्केलामा ज्यान राखेर स्वास्थ्यकर्मीहरु यस्तो महामारीमा पनि खटिरहेका छन् ।
covid-19 ले गर्दा बर्तमान परिबेश निकै संबेदनसिल परिवेस बनेको छ । हरेक नागरिक सचेत हुन जरुरी छ । हाम्रा देशका अवसरबादि लुटुवा नेताहरुको हाडिजात्रा सुरु भएको छ । निकै दुख लाग्छ कुन चेतबाट राजनिती गर्दैछन् । के जनता प्रती कत्ती माया नभएको हो त ? भोटको यति धेरै माया लाग्ने रहेछ त ? के नेतृत्वकर्मीहरुलाई भोटको बाहेक जनता को कत्ति पनि माया नलाग्ने रहेछ त ? कि बिश्व यति बेला संकटमा छ भन्न्ने कुरा बिर्सिएका छन् याद छैन र ? देश ले अनेकौ पीडाहरु ब्यहोर्न परेको छ, बाढिपहिरो र बिपद जस्ता प्राकृतिक प्रकोपले देश नै सोकमन्न छ । तर केही अबसर बादी हरु आफ्नो पार्टी संगठन बनाउन निकै ब्यस्त देखिन्छ्न ।
गाउँमा सयौँको संख्यामा गाउँ ,गाउ छिरेर हजारौ सोझा जनतालाई मैदानमा ओरालेर पाटी प्रबेश गराउने कार्यमा देखिन्छन् ! जिल्लाका जिम्मेवार ब्यक्तीहरु नै महामारी र बिपद् को प्रवाह नगरी जनता को समस्या मलम लाउनु सट्टा गाउँ गाउँ छिरेर कोरोना नाशो छोडेर आउदैछन् । सिटामोल सम्म नापाउने गाउमा अस्पताल भन्ने शब्द सम्म नसुनेका जनता माझ कोरोना पुग्यो भने यसको जिम्मेवार को बन्ने ? जनता बाचे पछि मात्र नेतृत्व बाच्दछ । राजनिती बाच्दछ ,त्यसैले मेरो अनुरोध छ माहामारी र बिपदबाट जनता लाई बचाउने आइडल खोज्नु होस्, भोटका आइडल आफै तयार हुनेछन् । सबै नीति र विधिलाई सम्मान साथ समेटेर राजनिती गर्नेहरुको लाजनिती बन्द गरियोस् ! अरु बेलामा गाउँ फर्केर नहेर्ने,जनताका समस्याहरुलाई तेरो कुडो मेरो घुँडो भन्दै सहरका छ स्टारमा मस्ति गर्नेहरु यति बेला जनतालाई राहत लगेर जानू पर्ने ठाउँमा लाच पचाएर संगठन र पाटी निर्माणको लागि खै कुन नाकले लकडाउलाई स्वमिम अबसर बनाएका छन् । सरकार तै चुप मै चुप छ । आखिर को बन्ने जिम्मेवार ? कसले गर्ने जनताको लागि काम ? कसले कसरी जनता बचाउने ? बर्तमान समयमा यी प्रश्न आँसु सकिएर रगत चुहाल्दै बोलिरहेका छ्न कर्णालीका जनता । यसको कार्यनयन हुन जरुरी देखिन्छ । ( लेखक : कर्णाली प्रदेश सेवा समाज नेपालका अध्यक्ष हुन् ।)