पत्रकार शाहीर्लाइ ज्यानमार्ने धम्की, नेपाल पत्रकार महासंघद्धारा धम्कीको भत्सर्ना

१८ फाल्गुन २०७३, बुधबार १७:०९

कालिकोट: नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष पवित्रकुमार शाहीलाई माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी केही व्यक्तीले दिइएको धम्कीको नेपाल पत्रकार महासंघ कालिकोटले भत्सर्ना गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रभानन्द आचार्य, सदस्य मनसिंह शाही र नरेन्द्र कालिकोटेले सामाजिक संजालमार्फत मार्ने धम्की दिएको घटना प्रति नेपाल पत्रकार महासंघ कालिकोटको गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

नागरिक दैनिकमा कार्यरत शाहीलाई २०७३ साल फाल्गुण १६ गते कालिकोटको सदरमुकाम मान्ममा विद्यार्थी संगठनको दोहोरो झडवको समाचारलाई लिएर धम्की दिइएको हो । अराजक शैलीको धम्की प्रति महासंघ घोर निन्दा गर्दछ पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालीबहादुर मल्लद्धारा हस्ताक्षरित विज्ञप्तीमा छ ।

समाचार लेखेकै आधारमा पत्रकारलाई मार्ने धम्की दिनु स्वतन्त्र पत्रकारिता माथिको चरम हस्तक्षेप भएको ठहर गर्दै महासंघ दोषीहरुमाथि कानूनी कारबाहीको माग गर्द छ ।

पत्रकार शाहीलाई सामाजिक संजाल मार्फत पत्रकारलाई धम्की दिने अंगभंग गर्ने र दैलेखका पत्रकार डेकेन्द्र थापाको हालत जस्तै बनाइदिने धम्की आएको छ ।
धम्कीले सिंगो प्रेस जगत त्रसित हुने भएकाले आफ्ना कार्यकर्ताहरुका यस्ता गतिविधि रोक्न सम्वद दल नेकपा माओवादी केन्द्रलाई आग्रह गर्दछौ विज्ञप्तीमा छ ।

अन्यथा पत्रकार माथि सुरक्षाको वेवास्ता गर्दै यस्ता खाले हर्कत नरोकिएमा माओेवादी केन्द्रका समाचार बहिस्कार गर्ने समेत प्रेस विज्ञप्ती मार्फत जानकारी गरिएको छ । साथै भयरहित वातावरणमा पत्रकारहरुलाई पत्रकारीता गर्ने वातावरण वनाउन महासंघ स्थानीय प्रसाशन र नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

Next Post

सरकारलाई दिएको समर्थन मधेसी मोर्चाले फिर्ता लियो

१८ फाल्गुन २०७३, बुधबार १७:०९
काठमाडौ: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।मोर्चाका नेताहरूको सोमबार राति बसेको बैठकले दाहाल नेतृत्वमा साउन १९ गते गठित सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस सम्बन्धमा मंगलबार प्रधानमन्त्रीसँग औपचारिक भेट गरी लिखित पत्रसहित जानकारी गराउने मोर्चाले जनाएको […]