रमेश रावल
– कालिकोट पौष २१ । धार्मिक अन्धविश्वासका कारणले जिल्ला गेला गाबिस–२ का ३८ बर्षिया जगदिश शाहीले बुधबार गिद्धसँग मितेरी लगाएका छन् । शाहीले धार्मिक मान्यता अनुसार पुजारी बोलाएर गिद्धसँग मितेरी लगाएका हुन् ।
शाहीले गिद्धसँग मितेरी लगाउन जंगलको ओडारमा सिनो छाडेर ३ दिन लगाएर गिद्ध छोपेको र गिद्धसँग भब्यताका साथ मितेरी लगाएर जंगल छाडेका थिए ।
धार्मिक र पुजारीले गिद्धसँग मितेरी नलगाए ग्रह शान्ति नहुने अनिष्ट हुने बताएका कारणले आफुले गिद्धसँग मितेरी लगाएको शाहीले बताए । ‘धामी तथा पुजारीले गिद्धसँग मितेरी नलाए अनिष्ट हुने बताए ।’ उनले भने,–‘त्यसैले गिद्धसँग मितेरी लगाएको हो ।’
गिद्ध छोप्न र मितेरी लगाउन निकै कठिन भएको गिद्धलाई पक्रिन पनि निकै ग्राहो भएको शाहीले बताए । ‘जंगली गिद्ध पक्रिन निकै कठिन भयो ।’ उनले भने,–‘अनिष्ठ हुने भनेपछि आफुले नछोपि नहुने थियो ।’
गिद्धसँग मितेरी लगाएपछि धामी र पुजारीलाई अनिष्ट नहुने बताएको शाहीले बताए ।
शाहीले गिद्धसँग मितेरी गाउँमा भब्य भोजको समेत आयोजना गरिएको थियो ।


