कालिकोट-कर्णालीको पर्यटन बिकासले देशकै समृद्धिको मुहार फर्नेमा जोड दिइएको छ । सदरमुकाम मान्मा आयोजित पर्यटन पत्रकारिता कार्यशालामा सहभागीले जोड दिएका हुन । कर्णालीको आर्थिक र समृद्धिको मुल आधार नै पर्यटन हुने भएकाले सुन्दर कर्णालीलाई समाचार माध्यामबाट पहिचान गर्न आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन् । कर्णालीका पर्यटकिय क्षेत्र प्रचारप्रसारको कमिले गर्दा ओझोलमा परेकाले अब संचार माध्यामबाट पर्यटनमा जोड दिन जरुरी भएको पत्रकार तुलाराम पाण्डेले बताए । नेपाल सरकार पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन बोर्ड भृकुटि मण्डप काठमाडौंको सहयोग, बेस्ट कर्णाली मिडियाको आयोजना र नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा सम्पन्न भएको कार्यशालामा केन्द्रिय संचार माध्यामा काम गर्ने पत्रकार र जिल्ला स्थित रेडियो,पत्रिकाका कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।
पर्यटनको राम्रो संभावना वोकेका जुम्लाको चन्दननाथ, तातोपानी, सिंजा क्षेत्र, कालिकोटकोटको तिला कर्णाली नदि, तिला गुफा, पचाल झरना, त्रिवेणी पाटन, हुम्लाको मानसरोवर, डोल्पाको सेफोक्शुन्डो ताल, मुगुको रारा ताल लगायतको पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न र आन्तरिक पर्यटन घुमफिर बर्ष २०७३ लाई सफल पार्न पर्यटन पत्रकारिता कार्यशाला गरिएको नेपाल पर्यटन बोर्डकी बरिष्ट अधिकृत रानु शाहले बताईन् ।
जिल्लामा रहेर काम गर्ने पत्रकारहरुलाई पर्यटन पत्रकारिता सम्बन्धि ज्ञान आर्जन गरेर पर्यटकिय क्षेत्रको पहिचान गरी सम्बन्धित क्षेत्रको महत्व र अवस्थाका बारेमा समाचार सामाग्री प्रकाशन तथा प्रसारणमा ल्याउन उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिउको हो । कर्णालीलाई पर्यटिकय गन्तव्य बनाउने र आन्तरीक पर्यटन घुमफिर बर्ष २०७३ लाई प्रभावकारी बनाउन संचार माध्यम मार्फत पहल गर्न जरुरी भएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालीबहादुर मल्लले बताए । सोमबार आयोजित कार्यक्रममा सहभागी पत्रकारले अबका दिनदेखि पर्यटन समाचालाई विषेश जोड दिने समेत प्रतिबद्धता गरेका छन् ।