अखिलका नेतालाई धाप मार्दै ओलीले भने– ‘नेविसंघलाई हाफ, क्रान्तिकारीलाई साफ बनाउनुभयो, बधाई छ’

१७ चैत्र २०७३, बिहीबार १४:४५

काठमाण्डाैं:आरआर क्याम्पसको मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा विजयी पदाधिकारी बुधबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोट पुग्दा ओली प्रशन्न मात्र भएनन् ।

उनले कांग्रेस निकटको विद्यार्थी संगठनलाई हाफ र माओवादी केन्द्र निकटको विद्यार्थी संगठनलाई साफ बनाउन सफल भएको भन्दै बालकोट पुगेका अनेरास्ववियुका नेता–कार्यकर्तालाई धापसमेत मारे । ‘माओवादीलाई चिन्नु भो नि ?,’ उनले विजयी पदाधिकारीलाई बधाई दिदैँ भने, ‘मान्छे मार्दै हिड्ने माओवादी अहिले बल्ल सुध्रिएर पेट्रोल बम हान्ने भएका छन् । उनीहरुलाई अझै सुधार गर्नुपर्ने भएको छ । विस्तारै सुध्रिदैँ जान्छन् ।’

उनले ‘२०७४ साल एमालेमय नेपाल’ बन्ने भन्दै त्यसको संकेत आरआरको स्ववियु निर्वाचनले देखाएको उल्लेख गरे । उनले अनेरास्ववियुलाई ढुक्क भएर संगठन निर्माणमा लाग्न निर्देशन दिदैँ भने– ‘आगामी निर्वाचनमा जुट्नुहोस्, एमाले बहुमतसहितको पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।’

मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको थियो भने नेविसंघ दोस्रो भएको थियो । क्रान्तिकारीले भने ५० मतको हाराहारी मात्र प्राप्त गरेको थियो । पहिलाे न्युजबाट

Next Post

रास्कोटमा एमालेको जित हुन्छ : शाही

१७ चैत्र २०७३, बिहीबार १४:४५
कालिकाेट : नेकपा एमाले कालिकोटका नेता विमल शाहीले जिल्लाको रास्कोट नगरपालिकामा एमालेको जित निश्ति हुने दावी गरेका छन् । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा जित हुने दावी गरेका हुन् । उनले भने, ‘रास्कोटलाई समृद्ध बनाउने काम हाम्रो पार्टीले गरेको छ । एमालेले विकासका रंगीन नारा मात्र लगाउँदैन् […]