नेपालको भविष्यको संकेत दर्ता गर्दैछाैं : प्रधानमन्त्री अाेली

३ जेष्ठ २०७५, बिहीबार ११:१०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भविष्यको संकेत दर्ता गर्न लागेको बताएका छन् । २५औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कता जान्छ भन्ने घोषणा गर्दैछौं, जुन चानचुने कुरा होइन । कतिपय मान्छेले यसलाई बुझेका पनि छैनन्।’

उनले एमाले–माओवादी एकताबारे पत्रपत्रिकामा आएका समाचारको खण्डन गर्दै आफूहरुको सम्बन्ध चिसो हो कि तातो हो आएर हेर्न आग्रह गरेका थिए । ‘हाम्रो सम्बन्ध चिसो हो कि तातो हो, हामी कता फर्किर बसेका छौं, कसैलाई शंका छ भने आएर हेरे हुन्छ,’ उनले भने ।

ओलीले पार्टी एकतामा विलम्ब गर्ने आवश्यकता नभएको भन्दै प्रक्रिया पुर्याएर आजै दर्ता हुने बताए । उनले यो पार्टीसँग बहुसंख्यक बहुमत र बहुसंख्यक जनता साथमा रहेको बताए ।

उनले यो एकता दमनकारीका लागि नभएर विकासका लागि भएको बताए । समृद्ध नेपाल र सुखी नेपालीको आंकाक्षा पूरा गर्ने अठोट यो पार्टीले लिएको उनले बताए ।

‘हामी अब फुट्न बिर्सिएँ, अब फुटाउन होइन, जुटाउन मात्र जानेका छौं । बिगार्न होइन, सपार्न मात्र जानेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले यो यात्रामा नेपाली कांग्रेस प्रतिस्पर्धी नभएर सहयोगी पार्टी भएको बताए । उनले समृद्ध र सुखी नेपालीको अभियानमा साथ दिन कांग्रेसलाई आग्रह गरेका थिए ।

२०औं शताब्दीमा मदन भण्डारी सबैभन्दा बढी प्रभाव पार्ने व्यक्तिको रुपमा रहेको बताउँदै ओलीले उहाँले लिनुभएको गोरेटो बाटो फराकिलो बन्दै गएको बताए । अगामी दिनमा यसको झनै बढी सामथ्र्य र प्रभाव देखिने ओलीले बताए ।

कार्यक्रममा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूकाे पनि उपस्थिति थियाे।

Next Post

एकता संयोजन समिति बैठक शुरु

३ जेष्ठ २०७५, बिहीबार ११:१०
काठमाडौँ –  आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। पार्टी एकता गर्नुपूर्व संयुक्त विधान, राजनीतिक दस्तावेज र केन्द्रीय कमिटी निर्धारण गरी निर्वाचन आयोगमा दर्ता गर्ने र पत्रकार सम्मेलनमार्फत एकता […]

You May Like