स्थानीय निर्वाचनमा राजनीतिक दलकाे उत्साह

९ चैत्र २०७३, बुधबार १३:१३

कालिकोट – सरकारले स्थानीय तहको चुनाव घोषणा गरेपछि जिल्लामा उत्साह बढेको छ । चुनाव घोषणा हुँदा जिल्लामा निकै चुनावको चहलपहलसंगै उत्साह बढेको हो । चुनाव घोषणा नहुँदै तयारीमा जुटेका दल झन् उत्साहित भएका छन् । ०५४ सालपछि स्थानीय निकायको चुनाव पहिलो पटक घोषणा गरिएको हो । यसअघि शाही शासनका बेला निर्वाचन भए पनि त्यसमा धेरै सहभागी थिएनन् । ०५४ सालमा १८ वर्ष नपुगेका र त्यसपछि जन्मिएका युवाले यसपटकको चुनावमा पहिलो मत हाल्न पाउने भएका छन् ।

एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले स्थानीय तहलाई बलियो बनाउने बताए । ‘संविधानमा लेखिएका अधिकार स्थानीय तहबाटै जनताले पाउँछन्’ उनले भने । दलले चुनाव हुने संकेतपछि गाउँ, नगर, क्षेत्र तथा वडामा भेला गर्न थालेका छन् । चुनाव घोषणापछि नेता, कार्यकर्ता उत्साहित भएर लागेका छन् ।
कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बम स्थानीय तहको चुनावले अहिले भइरहेको अराजकतालाई नियन्त्रण गर्ने बताए । ‘कसको कति बहुमत आउँछ भन्ने कुरा फरक हो,’ उनले भने, ‘२० वर्षपछि चुनाव हँदा स्थानीय तहमा देखिएको विकृति निराकरण हुन्छ ।’ निर्वाचनले स्थानीय तह सक्रिय हुने र विकास निर्माणले फड्को मार्ने धेरैको विश्वास छ । जनप्रतिनिधि नहँदा विकासमा अवरोध तथा जनताले सरकार भएको अनुभूति गर्न सकेका थिएनन् । स्थानीय तहका कर्मचारीमा पनि उत्साह थपिएको छ । स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीले जनप्रतिनिधियुक्त स्थानीय तहले विकासमा फड्को मार्ने बताए । ‘कर्मचारीले जोखिमयुक्त काम गर्न सक्दैनन् , त्यस्ता काम जनप्रतिनिधिबाट मात्रै सम्भव छ,’ उनले भने । आगामी वैशाखमा हुने चुनावमा देशभर १ करोड ४० लाख मतदाताले मतदानमा भाग लिन पाउँने भएका छन् । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि सुनसान देखिन गाउँमा पनि उत्साह छाएको छ ।

दुई दशकपछि स्थानीय चुनाव नहुँदा निराशमा रहेका स्थानीयवासीमा उत्साह छाएको हो । जिल्ला स्थित राजनीतिक दल,नागरिक समाजलगायतका स्थानीयवासी स्थानीय चुनावमा भिड्ने संकेत पाएपछि निकै खुसी छन् । स्थानीय निर्वाचन घोषणासंगै निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेपछि चुनाव हुनेमा स्थानीयले झनै विश्वास गरेका छन् । जिल्ला स्थित राजनीतिक दलका नेताले बर्तमान सरकारले चुनाव घोषणा गर्छ या गर्दैन भन्नेमा संका गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राप्रपालगायतका पार्टीमा निकै चहलपहल छ ।

नेकपा एमाले कालिकोटले पनि आफ्ना पार्टीका गतिविधिहरु सुरु गरेको छ । गाउँगाउँमा नेता कार्यकर्ताले चुनावी अभियान सुरु गरिसकेका छन् । एमाले अध्यक्ष नगिन्द्र शाही नेशनलले भने, ‘देश अव चुनावमा गएको छ । जिल्लाका सवै गाविस र टोल—टोलमा एमाले पुग्छ । चुनाव मिति घोषणासंगै निर्वाचन कार्य तालिका वनिसक्दा अव चुनवा हुने नहुने कुरामा संका नगर्दा हुन्छ ।’ जिल्ला स्थित सवै दलका नेता, कार्यकर्ता र स्थानीयवासीले चुनावको मिति घोषणा गर्दा उत्साहित देखिन्छन् । जिल्ला निर्वाचन कार्यालयले पनि आफ्ना चुनावी गतिविधी धमाधम आगाडी बढाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जितबहादुर शाहीका अनुसार, कार्यालयबाट हुने काम भईरहेका छन् ।

२०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको चुनावमा सबै सुरक्षा निकायका गरी जम्मा २ लाख २६ हजार सुरक्षाकर्मी देशभर परिचालन गर्ने निर्णय सरकारले गरेको छ । गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनको आबश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । कालिकोट जिल्लामा पनि स्थानीय चुनावमा सुरक्षा कडा गरिने प्रशासनले जनाएको छ ।
जिल्लाका ३ नगरपालिका र ६ वटा गाउँपालिकामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गीरीधारी सुवेदीले मिसन न्युजलाई सुनाए ।

Next Post

गायक सुमन शेखरको ‘समीप एल्वम’ निकै चर्चामा

९ चैत्र २०७३, बुधबार १३:१३
काठमाण्डौःचर्चित गायक सुमनशेखर मानन्धरको ‘समीप’ एल्वमले निकै चर्चा पाएको छ । भर्खरै सार्वजनिक भएको समीप एल्वमले नेपाली बजारमा चर्चा पाएको हो । गायक सुमनको समीप एल्वमले देश र विदेशमा वस्ने नेपालीको मनमा उत्साह जागेको छ । देशप्रतिको माया,मोह र निष्ठावानमा सम्रपित गीतले सवै नेपाली मनमा उत्साह थपेकोको हो । उनको […]