जोशीको निधनप्रति कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

१४ चैत्र २०७७, शनिबार १४:४८

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले दिवंगत नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै ३ दिन चैत १५ गतेदेखि १७ गतेसम्म देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले १७ गते एक दिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राखिने भएको छ ।

Next Post

काठमाडौंमा मेलम्चीको पानीको वितरण

१४ चैत्र २०७७, शनिबार १४:४८
काठमाडौं-आजदेखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । […]