मोटरसाइकलकाे बाहिर ‘प्रेस’ भित्र दुई थान पेस्ताेल

४ जेष्ठ २०७७, आईतवार १२:५१

जनकपुरधाम –  सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह छन् ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्काे चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको कुँवरले जानकारी दिए ।

Next Post

अन्तत: कोरोनाबाटअछुताे रहेन कर्णाली, एक जनामा संक्रमण पुष्टी

४ जेष्ठ २०७७, आईतवार १२:५१
सुर्खेत- अन्तत: कर्णाली पनि  कोरोना संक्रमणको अछुताे रहेन । कर्णालीमा पहिलो काेराेनाकाे केश फेला परेको हाे । दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्वर खड्काले जानकारी दिए । क्वारेन्टाइनमा रहेकाको स्वाब सुर्खेतमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि पुनः परीक्षणको लागी नेपालगंजस्थित […]