कर्णालीको काँचुली फेरौँ

४ भाद्र २०७६, बुधबार ११:४५

कर्णालीको मुहार फेर्न सबैले हातेमालो गर्ने बेला आएको छ । मुलुकले संघियतामा पाइला टेकेपछि कर्णालीलाई पनि बदल्ने शुभ–अवसर भेटिएको छ । हाल तिन तहको सरकारले जसरी देशको कोल्टो फेर्ने तयारी गरेको छ, त्यसरी नै कर्णालीको काँचुली फेर्नैपर्छ । कर्णालीको जल, जङ्गल, जडीबुटी र जमिनको सदुपयोग गरेमा कर्णाली आफैमा आत्मनिर्भर बन्ने पक्का छ । कर्णालीमा विकासको हातेमालो गर्न तिनै तहका सरकारले कम्मर कस्नैपर्छ । कर्णालीको विकासमा सवै क्षेत्रले साचो र चिन्ता पनि हुनुपर्नेछ । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले एकअर्काेमा समन्वय सहकार्य गरेर मात्र विकास सम्भव देखिन्छ । विगतदेखि नै विकासको अधुरो कर्णालीलाई पुरा गर्न एकजुट हुनुको विकल्प नै छैन । त्यसैले सबै क्षेत्रको सहभागीतामा मात्र विकास र समृद्धिले काँचुली फेर्न सकिन्छ । कर्णालीको संम्भावनालाई बाहिर ल्याउन जरुरी छ । स्रोत र साधनको अभाव भनेर परिवर्तको ढोका खुल्दैन् । कर्णालीको पर्यटनले मात्र धेरै उदाहरण दिएको छ ।

यदि पर्यटन विकास भयो भने कर्णालीको समृद्धि र आर्थिक उन्नती अवस्य हुनेछ । प्रचार प्रसारमा पछि पर्नु र आवश्यक बजेटको व्यवस्थापन नहुनुले विकासमा बाधा भएको देखिन्छ । समयमा बजेट नआउनु र त्यसैमा पनि असारे बजेट भएकाले यस्ता बाधा उत्पन्न भएका हुन् । कर्णालीको मुहार फेर्न कर्णालीवासीले सक्रिय हुन आवश्यक छ । कर्णालीको स्वास्यथ्य क्षेत्र, शिक्षा, विद्युत, सिँचाइ, खानेपानी, सडक, यातायात, पर्यटनलगायतका विकासका पुर्वाधारमा बजेट केन्द्रित गर्न जरुरी छ ।

कर्णालीका गाउँगाउँमा गाडी गुडाउनको लागि तिनै तहका सरकारले बजेटको लागि भरपुर व्यवस्थापन नगरी फेरी पनि दुर्गमको पहिचान नहोस् । देशमा स्थायी सरकार भईरहेको समयमा विगतदेखिनै अधुरो रहेका विकासका संरचना छिटोछरितो निर्माणमा ध्यान दिनुपर्छ । हाल कर्णाालीका दशवटै जिल्लाको मुटु जस्तै मानिने प्रदेश राजधानी सुर्खेतलाई नमुना सहरको रुपमा लिन सवै क्षेत्रको महत्वपुर्ण भुमिका रहन्छ । राजधानीलाई सुन्दर र समृद्ध बनाउने अभियानमा कोही पनि छुट्नु हुँदैन । राजधानी वीरेन्द्रनगरसँगै कर्णालीका सवै स्थानीय तह र जिल्ला सदरमुकाममा विकासले फट्को मार्नु पर्ने हुन्छ । विकास र समृद्धिको भाग्य रेखा कोर्न तिनवटै तहका सरकार र कर्णालीवासीको एउटै सपना हुनुपर्छ । राजनीतिक दल, नागरिक समाजलगयातका सरोकारवालाले कर्णालीको पुरानो परिचय बदल्ने बेला आएको छ । अभावले पछाडी होइन, अब संम्भावनाको बाटोतिर कर्णालीलाई अगाडी बढाँउन जरुरी छ ।

Next Post

2076-04-29

४ भाद्र २०७६, बुधबार ११:४५

You May Like