शान्ति सुरक्षा कर्णालीमा बलियो छ : ‘डिआइजी’ शाह

२० कार्तिक २०७५, मंगलवार ०९:००

कालिकोट– कर्णाली प्रदेशका प्रहरी प्रमुख ‘डिआइजी’ महेश विक्रम शाहले कर्णाली प्रदेशमा शान्ति सुरक्षाको अवस्था बलियो रहेको बताए । कर्णालीका दश वटै जिल्लामा ठुलो घटना नभएको उनले दावि गरे । जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सम्वोधन गर्दै डिआइजी शाहले सो कुरा बताएका हुन् ।

कर्णाली प्रदेशमा सामान्य तया छिटपुट घटनाबाहेक शान्ति सुरक्षा राम्रो रसुधार भएको शाहले बताए । जिल्लाको शान्ति सुरक्षा, नागरिक, प्रहरी विचको सम्वन्ध र शान्ति सुरक्षाको अनुगमनको सिलसिलमा डिआईजी शाह कालिकोट पुगेका हुन् । नागरिक र प्रहरीको समन्वय गरेर मात्र जिल्लाको शान्ति सुरक्षा कायम हुने सहभागीले बताएका थिए ।

डिआइजी शाहले भने, ‘नागरिक पनि बिनाबर्दीको प्रहरी नै हो । नागरिक र प्रहरीको समन्वयमा जिल्लाको शान्ति सुरक्षा राम्रो बनाउनुका साथै अपराधमुक्त समाज बनाउन अनिवार्य छ ।’ नागरिक सुनुवाइ कार्यक्रममा राजनीतिक दलका नेता र नागरिकले पछिल्लो समय जिल्ला प्रहरी कार्यालयबाट भएका कामबारे बोल्दै प्रहरीलाई सुझाव दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयले खाँडाचक्र नगरपालिकाको सहयोगमा कर्णालीमै पहिलो पटक सदरमुकाम मान्म बजारमा सीसीटीभी जडान गरेको छ ।

सदरमुकामको सुरक्षाका लागि सिसिटिभी जडान गरिएको प्रहरीले बताएको छ । प्रहरीले सेवाग्राहीका लागि डेस्क बनाएर १० मिनेटमा काम हुने गरेको छ । पीडितको जाहेरीका आधारमा तत्काल मुद्दा दर्ता गरी कानुनी प्रक्रिया थाल्ने, महिला र दलितका मुद्दालााई प्राथामिता दिने गरेको प्रहरी नायव उपरिक्षक डिएसपी विनोद शर्माले बताए ।

कार्यक्रममा सहभागीले सुधार गर्नुपर्ने कमजोरी पनि औल्याइएका थिए । जिल्लाका ९ वटै स्थानीय तहमा चौकी स्थापना भएपनि जनशक्ति व्यवस्थापन गरिनु पर्ने सहभागीले बताए । प्रहरी कार्यालयमा नागरिकको सहज पहुँच गरिनु पर्ने र गाउँमा हुने घरेलु मदिरा नियन्त्रणमा प्रहरीको प्रभावकारी अभियान रहनु पर्ने लगायतका सुझाव दिएका छन् । सहभागीले कर्णाली राजमार्गका रिफ्रेन्स सेन्टर प्रभावकारी बनाउनुपर्ने, कर्णाली राजमार्ग स्तरोन्नति गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

Next Post

2075-07-21

२० कार्तिक २०७५, मंगलवार ०९:००