कालिकोट– पचालझरना गाउँपालिका अध्यक्ष कडगराज सेजुवाल (विश्वप्रकाश) ले भ्रष्ट्राचार मुक्त पालिका बनाउने प्रतिबद्धता गरेका छन् । अध्यक्ष सेजुवालले पहिलो अर्धबार्षिक सार्वजनिक सनुवाई कार्यक्रममा सम्वोधन गर्दै यस्तो प्रतिबद्धता गरेका हुन् । ‘विकासको प्रमुख बाधक भ्रष्ट्राचार भएकाले गाउँपालिकामा भ्रष्ट्राचारको अन्य हुन्छ । भ्रष्ट्राचार मात्र मुक्त गर्ने हो भने, गाउँपालिका स्वतह रुपमा समृद्ध हुन्छ ।
जनप्रतिनिधि र कर्मचारीले भष्ट्राचारलाई निगरानी गर्नु पर्छ ।’ सेजवालले भने, विगतका बर्षमा साविकका नानिकोट, बदालकोट र राम्नाकोट गाविसमा करोडौं बजेट आए पनि विकास भएन् । पर्यटनको नाममा एक करोडभन्दा धेरै बजेट हिनामिना भएको छ । काम नगरी डुब्लिकेशन गरेर योजना मिलाइएको छ । गाउँपालिकाले यसको तत्काल छानविन गरेर रकम अनियमितता गर्नेलाई कार्वाही हुन्छ ।’
पचालझरना गाउँपालिकामा चालु आर्थिक वर्षमा १९ करोड १८ लाख ९६ हजार बजेट विनियोजन भएको लेखापाल शेरबहादुर बोहोराले बताए । ‘पुँजिगततर्फ १२ करोड ७६ लाख र चालुतर्फ १२ करोड ६ लाख रहेका छ ।’ बोहोराले भने, ३ सय वटा योजनाहरु छन् । जसमा ६२ प्रतिशत बजेट खर्च भएको छ । ४० प्रतिशत भुक्तानी भएको छ ।’
गाउँपालिकाले सडक र विद्युतलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको छ । स—सना योजना भएकाले बजेट पनि सानो आकारमा भएको प्रमुख प्रशासकिय अधिकृत छक्कबहादुर शाहीले बताए । उनले भने, ‘आगामी आर्थिक वर्षमा न्युनतम ५ लाखसम्मको बजेट योजनामा हाल्नु पर्ने हुन्छ । टुक्रे योजनाले राम्रो विकास पनि हुन्न ।’ पचालझरना गाउँपालिकामा सडक, खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्य र जनचेतनामुलक कार्यक्रमलाई प्राथामिकतामा राखेर बजेट लागु भएर काम भईरहेको छ ।
कर्णाली रोजगार र अन्य दातृतिय निकाय, गैर सरकारी निकायले पनि विकासको क्षेत्रमा काम गरिरहेका गाउँपालिकाले जनाएको छ । पचालझरनाको आन्तरिक स्रोत भनेकै, पर्यटन भएकाले पर्यटनलाई नै लक्षित गरेर बजेटको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले बताए । उनले भने, ‘पचालझरना नेपालको मात्र नभै एसियाकै अग्लो झरना हो । तत्कालिन जिल्ला विकास समितीले झरनाको लम्वाई नापापेर ३८३ मिटर रहेको छ ।’ गाउँपालिकाले पनि झरनाको लम्वाई मापन गरिसकेको अध्यक्ष सेजुवालले बताए ।
पचालझरनासम्म पर्यटन मार्ग निर्माण गर्ने तयारी रहेको उनले बताए । पचालझरना गाउँपालिकाको लेकाली क्षेत्रमा बन्यजन्तु, पशुपंक्ष्ी र जडिवुटि संरक्षण गर्न संरक्षित क्षेत्र घोषणा गर्ने गाउँपालिकाले तयारी गरेको छ । दुर्लव जंगली जनावर र लोपउन्मुख पंक्षी धेरै असुरक्षित सिकार हने भएकाले संरक्षित क्षेत्रका बनाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शिक्षा क्षेत्रलाई आधुनिक बनाउँन प्रत्येक विद्यालायमा डिजिटल हाजिर प्रविधि समेत सुरु गरेको छ । शिक्षकलाई नियमित विद्यालयमा हाजिर गराउन र विद्यार्थीको पढाईलाई पनि गुणस्तरयुक्त गराउन डिजिटल हाजिर प्रविधि संचालन गरिएको बताइएको छ ।


