तुलराजको कमाल : नेटवर्कद्धारा बम विष्पोट प्रविधि

६ फाल्गुन २०७४, आईतवार १२:०३

कालिकोट ,पचालझरना – सुन्दा अच्च लाग्न सक्छ । मोवाईल नेटवर्कबाट बम विष्पोट कसरी ? तर, यस्तो प्रविधि एक जना व्यक्तिले मिसन न्युजसंग सार्वजनिक गरेका छन् । जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ३ निवासी तुलराज कठायतले नेटवर्कबाट बम विष्पोट प्रविधि निर्माण गरेका छन् । उनले एक वर्ष पहिलेदेखि आन्तरिक परिक्षण गरेर सफल भएपछि बल्ल सार्वजनिक गरेका हुन् । जुनसुकै मोवाईल वा ल्यानलाईनबाट पनि बम विष्पोट गर्न सकिने नयाँ प्रविधि कठायतसंग छ ।

कठायतले नेटवर्कबाट विद्युत, सोलार र जेनेरेटर वा जनुसकुै करेन्टबाट उज्यालो दिने बत्ती पनि नेटवर्कबाट अन अफ गर्छन् । स्थानीय स्रोत साधबाट बन्दुकमा प्रयोग गरिने केपबाट परिक्षण गर्दा विष्पोट सफल भएको उनले बताए । कठायत भन्छन् ‘बम विष्पोट गराउन सजिलो प्रविधि अपनाएको छु । तर, यसको दुरुपयोग हुनु भएन ।

सुरक्षाका दृष्टिले कालिकोट अति संवेदनशिल जिल्ला भएकाले मेरो कला र क्षमता बाहिर सार्वजनिक नगरेको हँ ।’ गाउँमा असुरक्षासंगै अवसर नपाउँदा आफ्नो सिप गुपचुपमा रहेको कठायतले बताए । उनले भने, ‘आगामी बैशाख ५ गते हुने पचालझरना गाउँपालिकोको महोत्सवमा प्रर्दशन गर्दै छु । गाउँपालिकाले नै प्रर्दशन गर्न आग्रह गरेको छ ।’ बम विष्पोट प्रविधि राज्यको अनुमती लिएर मात्र प्रर्दशन गर्नुपर्ने भएकाले पहिला सवैको सामु नेटवर्कबाट बत्ती उज्यालो गर्ने र बन्द गर्ने प्रविधि सार्वजनिक गर्ने तयारी रहेको उनले सुनाए ।

उनले आफ्नो घरमा जडान गरेको सोलारको बक्ती टेलिफोन नेटवर्क भएको जनसुकै स्थानबाट पनि बत्ती बन्द गर्ने र खुला गर्ने गर्छन् । पेशाले शिक्षक समेत रहेका कठायतले नयाँ प्रविधि ल्याउँदा स्थानीय दंग परेका छन् । उनको घरमा जडान गरिएको सोलार बत्ती बर्दियाबाट बन्द गर्ने र खुला गर्ने गरिएकोछ । उनको अस्थायी वसोवास बर्दीया गुलरिया हो । तुलराजको विद्यालय विदाको समयमा कालिकोट पचालझरनाबाट बर्दिया जाँदा उतैबाट बत्तीको स्वीच अन अफ गर्ने गरेका छन् ।

विदाको बेला दशै तिहारमा कालिकोटको घरमा वस्दैनन् । घरमा कोही नहुँदा उनले रातीको समायमा बर्दियाबाटै घरको बत्ती उज्यालो गर्ने र बन्द गर्ने गरेको स्थानीय शिक्षक महाजित ऐडीले बताए । तुलाराज कठायत जनता माध्यामिक विद्यालय राम्नाकोट, खार्दुमा अध्यापन गराउँछन् । उनको प्रावि अस्थायी दर्वन्दी भए पनि कछा १० सम्म सामाजिक विषय विद्यार्थीलाई पढाउँछन् ।

एसएलसी देखि १२ उत्तिर्ण गर्दासम्म स्वास्थ्य विषय लिएर अध्ययन गरेको कठायतले सुनाए । उनले विज्ञान र प्रविधि सम्वन्धि चासो भए पनि आर्थिक अभावले पढ्ने अवसर नपाएको बताए । उनले जडान गरेको बत्ती विश्वको जुनसुकै कुनाबाट भए पनि नेटवर्क भएमा खोल्न र बन्द गर्न सकिन्छ । मिसन न्युजलाई पहिलो पटक उनले यस्तो प्रविधि प्रत्यक्ष सार्वजनिक गरेका छन् । उनले यो प्रविधि अहिलेसम्म कसैलाई प्रत्यक्ष देखाएका छैनन् । कठायतले भने, ‘मलाई बम विष्पोट प्रविधि मोवाइलबाटै गर्छ भनेर हल्ला बाहिर जाँदा केही समुले घरमै आएर सोधपुछ गरे पनि कुनै वास्था गरिन् ।’

संसारलाई चुनौती दिने प्रविधि

तुलराजले मिसन न्युजलाई दुर्गम गाउँमा रहेको घरमै बोलाए । नयाँ प्रविधि देखाउछु भनेर, घरमै आउँन आग्रह गरे । उनको आग्रहलाई मध्यनजर गर्दै घरमा जाँदा उनले प्रत्यक्ष रुपमा मोवाईलबाट बत्ती अनअफ गराए । बाकसमा सेट गरिएको बत्ती एक मिस्कलमा जल्ने र अर्काे मिस्कलमा बन्द भयो । बन्द बाकसमा उनले पुरानो थोत्रो मोवाईलमा सिम जडान गरेका छन् । त्यही जडान गरिएको नम्वरमा फोन गर्दा बत्ती उज्यालो हुने र बन्द हुने गर्दछ ।

कठायतका अनुसार बत्ती नेटवर्कबाट खुल्ने र बन्द हुने भएकाले यसले समाजलाई नै सहजै रुपान्त्रण गर्छ । उनले भने, ‘यो प्रविधिले सवैलाई राहत पुग्छ । तर, यसको दुरुपयोग हुन सक्ने खतरा पनि हुन्छ । बत्ती, नेटवर्कबाट जल्ने र बन्द हुने प्रविधि करेन्टबाट भएकाले विष्पोटक पर्दाथ पनि सहज ढंगले विष्पोटन गर्न सकिन्छ ।’ तुलाराज कठायतले ल्याएको नयाँ प्रविधि पचालझरना गाउँपालिकाले स्वागत गरेको छ । आगामी बैशाख ५ गते उद्घाटन गरिने पचालझरना पर्यटन तथा साँस्कृतिक महोत्सवमा प्रर्दशनका लागि आग्रह गरिएको गाउँपालिका अभ्ध्यक्ष खडगराज सेजुवाल (विश्वप्रकाश) ले बताए ।

 

Next Post

समय वर्ता विवशको जस्तो जीवन कसैको नहोस् !

६ फाल्गुन २०७४, आईतवार १२:०३
 विवश कुमार सेजुवाल – अभाव, पीडा र अन्यायमा बाँचेका जीवनहरु शीत जीवन जिउनुको सपनाहरू अनेकौ हुनेरहेछन् । अन्याय, अभाव र पीडामा पिल्सिएका जीवनहरुको लागि आफ्नो भन्ने छुट्टै संसार पनि त कहाँ हुदोरहेछ र ? उनीहरुको जीवन मा एउटा निर्बिकल्प हुटहुटी चलिरहेको हुन्छ । एउटा छुट्टै आफ्नो संसार स्थापना गरेर आफूले […]