बाम गठबन्दन निर्वाचन मुल समितिको संयोजकमा शाही

७ कार्तिक २०७४, मंगलवार १८:००

कालिकोट – आगामी मंशिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्दनले निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रविच भएको संयुुक्त गठबन्दनबाट मुल समितिको संयोजकमा नगिन्द्र शाही (नेशनल) चयन भएका छन् । एमालेकालिकोटका जिल्ला अध्यक्ष समेत रहेका शाहीलाई गठबन्दनले संयोजकमा चयन गरेको हो । माअाेवादी केन्द्र र नेकपा एमालेकाे संयुुक्त बैठक वसी गरेकाे  निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे छ ।

मंगलबार पत्रकार सम्मेलन गरी निर्वाचन परिचालन समिती गठन बारे जानकारी गरिएको छ । त्यस्तै सह संयोजकमा माओवादी केन्द्रका प्लेटव्युरो सदस्य धन्जीत शाही (आदर्श) रहका छन् । प्रदेश क्षेत्र नम्वर १ (क) को संयोजकमा एमाले कालिकोटका सचिव चित्रसिँह (गाउँले) र प्रदेश क्षेत्र नम्वर २ (ख) मा माओवादी केन्द्रका जिल्ला इन्चार्ज जीवन बुढालाई संयोजक र सह संयोजकमा एमालेका नेता चन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिएको बाम गठबन्दनले बताएको छ ।

निर्वाचन सफल पार्न विभिन्न उप समितिहरु समेत गठन गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुर्गबहादुर रावत (उज्वल), प्रदेश (क) प्रत्यक्षका उम्मेदवार कुर्मराज शाही र प्रदेश (ख) प्रत्यक्षका उम्मेदवार विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीको सहभागीता रहेको थियो ।

एक जिल्ला निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र भएको कालिकोटमा ३ वटै सिट बहुमतले जित्ने उम्मेदवारले दावी गरेका थिए । निर्वाचनन आफ्नो पक्षमा सफल पार्न जिल्ला भरी प्रचारप्रसार गर्ने, जनताका सामु दुईवटै पार्टीले गरेका कामको बारे जानकारी गर्ने मुल समितिका संयोजक नगिन्द्र शाही (नेशनल) ले बताए ।

 

Next Post

समानुपातिकमा कांग्रेसका को को छन् ?

७ कार्तिक २०७४, मंगलवार १८:००
काठमाडौं-नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ । कांग्रेसले यसअघि पनि समानुपातिक सूचीबाट सांसद बनेका केही नेतालाई पुनः दोहो¥याएको छ । केही नयाँ अनुहारले पनि […]