वाम गठबन्धनले काँग्रेसलाई असर गर्दैनः महासचिव शाही

२१ आश्विन २०७४, शनिबार १६:१९

लंक धमाला-

कालीकोट – नेपाल तरुण दलका महासचिव तथा नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले वाम गठबन्धनले कालिकोट काँग्रेसलाई कुनै पनि असर नगर्ने दाबी गरेका छन् ।
कालिकोटका जनताले आगामी मंसिर १० गते हुने प्रदेश र केन्द्रको निर्बाचनमा पार्टी हेरेर भन्दा पनि राम्रो व्यक्तिलाई भोट दिने बताए ।उनले भने,‘कालिकोटका जनता पहिलेका जस्ता अबुझ छैनन्, आजको आवश्यकता हेरेर आफ्नो मत जाहेर गर्नेछन्, कालिकोटका जनताको मुखमा महत्वपुर्ण अवसर आएको छ, भाष गर्ने नेतालाई होईन काम गर्ने नेतालाई भोट दिनुपर्छ भन्ने मान्यतामा जनता छन्, आजको दुनियाँमा जनतालाई पैसामा किन्ने सोच कसैले नपाले हुन्छ।’
महासचिव शाहीले सुन्दर कालिकोटलाई समृद्व बनाउन कालिकोटका युवाहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउदै कालिकोटको समृद्विका लागि काँग्रेसको जित निश्चित आवश्यक रहेकोमा जोड दिए।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दान बहादुर बम र जिल्ला कार्य समितिका सहसचिव दमन बहादुर शाहीले कालिकोट काँग्रेस एक ढिक्का भएर चुनावमा हुमिसकेकाले कालिकोटमा काँग्रेसकै विजय हुने जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन शाखा कालिकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शाहीले यस्तो दाबी गरेका हुन । नेपाल प्रेस युनियन कालिकोटका कार्यबाहक अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा तरु्ण महासचिव शाहीले जिल्लामा एमाले र माओवादी कार्यकर्ताहरु वाम गठबन्धनले पक्षमा नरहेको समेत दाबि गरे ।

 

Next Post

दुर्गम जुम्लाको नियति: स्वास्थ्य चौकी पुग्न तीन घन्टा, औषधि पाउनै मुस्किल

२१ आश्विन २०७४, शनिबार १६:१९
धनबहादुर क्षेत्री जुम्ला- तिला गाउँपालिका ६ सुडीगाउँका स्थानीय ३ घन्टा हिँडेर स्वास्थ्य उपचार गर्न बाध्य छन्। साबिकको घोडेमहादेव गाविस १ र २ तथा हालको तिला गाउँपालिका ६ का स्थानीयलाई स्वास्थ्य चौकीसम्म पुग्न ३ घन्टाभन्दा बढी हिँड्नुपर्छ। सामान्य बिरामी हिँडेरै स्वास्थ्यचौकीसम्म जाने गरे पनि गम्भीर प्रकृतिका बिरामी निकै समस्यामा पर्ने गरेको स्थानीय […]

You May Like